विभिन्न समूहमा छरिएका जेन–जी समूहले आन्दोलनको चेतावनी दिन थालेपछि सरकारले सतर्कता अपनाएको छ । गृह मन्त्रालयले धर्ना, जुलुस र अन्य प्रदर्शनअघि वार्ता तथा संवाद्मार्फत समस्या समाधान गर्न सबैमा विशेष अनुरोध गरेको छ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले आज साँझ जारी विज्ञप्तिमा भनेका छन्, ‘नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता र छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको व्यहोरा अनुरोध गर्दै, धर्ना, जुलुस लगायतका कार्यक्रम गर्नुअघि वार्ता र संवादमार्फत समस्या समाधानतर्फ अग्रसर हुन सबैमा हार्दिक अनुरोध छ।’
जेन–जी पुस्ताको अगुवाईमा भएको प्रदर्शन र विध्वंशपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति विकास भएको भन्दै मन्त्रालयले सबैलाई संवेदनशील रहन अनुरोध गरेको छ। सरकारले शान्ति सुरक्षा स्थापनामा ध्यान दिँदै आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनको वातावरण तयार पार्न क्रियाशील रहेको दाबी गरेको छ।
सहसचिव काफ्लेका अनुसार, ‘देशमा शान्ति सुरक्षा बहाली गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला र आम नागरिकको पनि अहम् दायित्व छ। तसर्थ, मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख्न र धर्ना, जुलुस लगायत विरोध कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन मन्त्रालय अनुरोध गर्दछ।’

सम्बन्धित खबर
तेस्रोलिंगीको नेतृत्वमा समाजवादी समावेशी पार्टी दर्ताको निवेदन
प्रमुख सचेतक जिम्मेवारी सम्हालिसकेका सन्तोष परियारले छाडे रास्वपा
मतदाता दर्ताको म्याद ५ दिन थप, अनलाइन सुविधाले सहज तर सर्भर नचलेर हैरान
दल र नेतालाई स्थानहद तोकेर कस्तो चुनाव गर्न खोजेको हो?: ओली
आन्दोलनका जलाइएकी मेरी श्रीमतीको उपचार राज्यको दायित्व होइन भने कसको हो ?: झलनाथ खनाल
मधेसमा सभामुखको पाँच सांसद पदमुक्त गर्ने निर्णय उपसभामुखले गरिन् बदर
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट