काठमाडौँ । नेपाली कांग्रेसले गत भदौ २४ गते भएको सार्वजनिक र नीजि सम्पत्ति तोडफोडमा संलग्नलाई कारबाही नगर्ने गृह मन्त्रालयले भनेको भन्दै आपत्ति जनाएको छ ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गृह मन्त्रालयको यो कार्यले सरकार नै शान्ति सुरक्षा कायम गर्न इच्छुक नदेखिएको प्रस्ट भएको निष्कर्ष निकालेको छ ।
बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले गृह मन्त्रालयले २४ गतेको तोडफोडमा संलग्नलाई कारबाही नगर्न दिएको दबाबबारे पार्टीको गम्भीर असहमति रहेको निष्कर्ष बैठकमा निकालिएको जानकारी दिए ।
‘गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका नाममा अराजकता मच्चाइयो । निजी र सार्वजनिक सम्पत्ति ध्वस्त पारियो । त्यो घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भन्नेमा नेताहरूको समान दृष्टिकोण आएको छ,’ बैठकपछि प्रवक्ता डा.महतले सञ्चारकर्मीहरूसँग भने– ‘गृह मन्त्रालयले नै घटनामा संलग्नलाई कारबाही नगर्न दबाब दिएको कुरा आएको छ । त्यसमा पार्टीको गम्भीर असहमति छ ।’
कांग्रेसले कसरी घटना हुन गयो ? को को दोषी छन् ? छानबिन गरी कारबाही गर्न माग गरेको छ । सरकारको यो गतिविधिले निर्वाचन हुन नसक्ने कांग्रेसले बताएको छ । सरकार निर्वाचनप्रति गम्भीर नभएको देखिएको प्रवक्ता डा.महतले बताए ।
सबै दलहरूबिच समान धारणा बनाउन कांग्रेसले पहल गर्ने
कांग्रेसका अधिकांश नेताहरूले आगामी मंसिरभित्रै विधि प्रक्रिया पूरा गरेर महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने बताए ।
नेताहरूले नियमित महाधिवेशनमा जोड दिँदै त्यसका लागि विधि प्रक्रिया पूरा गरेर मंसिरभित्रै महाधिवेशन गर्नतर्फ अग्रसर हुनुपर्ने धारणा राखेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
त्यस्तै जेनजी आन्दोलनका क्रममा दलका नेताहरूमाथि आक्रमण, व्यवसाय, राष्ट्रिय संरचनामा तोडफोड र आगजनी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा सबै नेताहरूको समान धारणा रहेको उनले बताए ।
उनले अहिलेको अवस्थामा सबै दलहरूबिच समान धारणा बनाउन आवश्यक रहेकाले कांग्रेसले त्यसको पहल गर्ने जिकिर गरे ।
प्रवक्ता महतले गृह मन्त्रालयले नै घटनामा संलग्नलाई कारबाही नगर्न दबाब दिएको कुरा आएकाले त्यसमा पार्टीको गम्भीर असहमति रहेको उल्लेख गरे ।
उनले विश्वसनीय निर्वाचनको आधार नदेखिएपनि मुलुकलाई निकास दिनका लागि निर्वाचनका लागि कांग्रेस तत्पर रहेको बताए ।
नेताहरूले धारणा राख्न बाँकी रहेकाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक शुक्रबार पनि बस्ने प्रवक्ता महतले बताए । बैठकले असोज २६ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने उनले जानकारी दिए ।
सम्बन्धित खबर
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने भन्दै कांग्रेस सभापतिले गरे कटाक्ष
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
फेसबुकबाटै कर फिर्ता लिँदै प्रधानमन्त्री बालेनले लेखे- सरकारका सबै निर्णय जनताको हितमा गरिनेछन्
आफ्ना सांसदलाई रास्वपाको पाँचबुँदे निर्देशन, भ्रमणलाई रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न आग्रह
चौतर्फी विरोधपछि शिक्षा र स्वाथ्यमा लगाएको कर सरकारले फिर्ता गर्यो
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
यो पनि पढौँ
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ पुल निर्माण
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त