काठमाडौं । जेनजी आन्दोलनपछि गठित सरकार र राजनीतिक दलका नेताहरु आज पहिलोचोटि आमनेसामने भए । यसअघि पानी बाराबारजस्तो अवस्थामा रहेका दुई पक्षबीचको वैठक मुलत सौहार्दपूर्ण नै थियो, तथापि केही घोचपेच र सवालजवाफहरु भए ।
प्रधानमन्त्रीले राजनीतिक दलहरुलाई परिवर्तनलाई आत्मसात गर्दै चुनावमा भाग लिनका लागि आग्रह गरेकी थिइन् ।
तर, दुई ठूला दल कांग्रेस र एमालेले भने चुनावमा भाग लिने विषयमा ठोस प्रतिवद्धता जाहेर गरेनन् । उनीहरुले आआफ्नो पार्टीको वैठक बसिरहेको भन्दै त्यसपछि मात्रै धारणा बनाउने बताएका थिए । दुई दलले घोषित मितिमा निर्वाचन हुनेमा पनि संशय व्यक्त गरेको स्रोतको भनाइ छ । बैठकमा सहभागी एमाले र कांग्रेसका नेताहरुले भने भदौ २४ गते लुटिएका प्रहरीका हतियार र जेलबाट भागेका कैदी बन्दीहरु बाहिरै छाडेर निर्वाचन कसरी गर्न सकिन्छ भन्ने प्रश्न उठाएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने घोषित निर्वाचनलाई जसरी पनि सफल पानुपर्ने धारणा राखेको थियो । यो सरकारलाई असफल बनाउनका लागि राजनीतिक दलहरुले कुनै पनि खेल खेल्नु नहुने सो पार्टीका नेताहरुले जोड दिए ।
पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले देशबाहिर रहेका नेपालीहरुलाई मतदानमा जसरी पनि सहभागी गराउनुपर्नेमा माग राखेका थिए । पार्टीका सहमहामन्त्री विपिन कार्कीले जेनजी आन्दोलप्रतिको बुझाइ ठूला दलहरुले सच्याउनुपर्ने सुझाव दिए ।
राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो ८ बुँदे एजेन्डा प्रस्तुत गरे, जसमा संघीयता खारेजीदेखि राजसंस्था पुनस्र्थापनसम्मका विषयहरु रहेका छन् ।
जेनजीका समूहहरु धेरै भएको र कुनलाई आधिकारिक मान्ने भन्ने विषयमा पनि वैठकमा कुरा उठेको थियो । विभिन्न समूहहरुले थरिथरि माग उठाइरहेको र विभिन्न व्यक्तिहरुले आफूलाई लिडरको रुपमा प्रस्तुत गरिरहेको विषयमा चर्चा भयो । यस विषयमा प्रधानमन्त्री कार्कीले पनि अन्योलता देखाएकी थिइन् ।
कार्कीलाई उद्वृत गर्दै स्रोतले भन्यो, ‘जेनजी समूहको वास्तविक लिडर को हो भन्ने मलाई पनि थाहा छैन । म पनि खोजी गरिरहेको छु ।’
सम्बन्धित खबर
आन्दोलनका जलाइएकी मेरी श्रीमतीको उपचार राज्यको दायित्व होइन भने कसको हो ?: झलनाथ खनाल
मधेसमा सभामुखको पाँच सांसद पदमुक्त गर्ने निर्णय उपसभामुखले गरिन् बदर
कुलमान घिसिङलाई प्रधानमन्त्रीले मन्त्री पदबाट बिदा गर्नुपर्छ: शंकर पोखरेल
मधेस प्रदेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित, प्रचण्ड माधवसँग ७ बुँदे सहमति
महाधिवेशन विवादले कांग्रेसमा विभाजन ल्याउने चिन्ता
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने