काठमाडौं । जेनजी आन्दोलनपछि गठित सरकार र राजनीतिक दलका नेताहरु आज पहिलोचोटि आमनेसामने भए । यसअघि पानी बाराबारजस्तो अवस्थामा रहेका दुई पक्षबीचको वैठक मुलत सौहार्दपूर्ण नै थियो, तथापि केही घोचपेच र सवालजवाफहरु भए ।
प्रधानमन्त्रीले राजनीतिक दलहरुलाई परिवर्तनलाई आत्मसात गर्दै चुनावमा भाग लिनका लागि आग्रह गरेकी थिइन् ।
तर, दुई ठूला दल कांग्रेस र एमालेले भने चुनावमा भाग लिने विषयमा ठोस प्रतिवद्धता जाहेर गरेनन् । उनीहरुले आआफ्नो पार्टीको वैठक बसिरहेको भन्दै त्यसपछि मात्रै धारणा बनाउने बताएका थिए । दुई दलले घोषित मितिमा निर्वाचन हुनेमा पनि संशय व्यक्त गरेको स्रोतको भनाइ छ । बैठकमा सहभागी एमाले र कांग्रेसका नेताहरुले भने भदौ २४ गते लुटिएका प्रहरीका हतियार र जेलबाट भागेका कैदी बन्दीहरु बाहिरै छाडेर निर्वाचन कसरी गर्न सकिन्छ भन्ने प्रश्न उठाएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने घोषित निर्वाचनलाई जसरी पनि सफल पानुपर्ने धारणा राखेको थियो । यो सरकारलाई असफल बनाउनका लागि राजनीतिक दलहरुले कुनै पनि खेल खेल्नु नहुने सो पार्टीका नेताहरुले जोड दिए ।
पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले देशबाहिर रहेका नेपालीहरुलाई मतदानमा जसरी पनि सहभागी गराउनुपर्नेमा माग राखेका थिए । पार्टीका सहमहामन्त्री विपिन कार्कीले जेनजी आन्दोलप्रतिको बुझाइ ठूला दलहरुले सच्याउनुपर्ने सुझाव दिए ।
राप्रपाका ज्ञानेन्द्र शाहीले आफ्नो ८ बुँदे एजेन्डा प्रस्तुत गरे, जसमा संघीयता खारेजीदेखि राजसंस्था पुनस्र्थापनसम्मका विषयहरु रहेका छन् ।
जेनजीका समूहहरु धेरै भएको र कुनलाई आधिकारिक मान्ने भन्ने विषयमा पनि वैठकमा कुरा उठेको थियो । विभिन्न समूहहरुले थरिथरि माग उठाइरहेको र विभिन्न व्यक्तिहरुले आफूलाई लिडरको रुपमा प्रस्तुत गरिरहेको विषयमा चर्चा भयो । यस विषयमा प्रधानमन्त्री कार्कीले पनि अन्योलता देखाएकी थिइन् ।
कार्कीलाई उद्वृत गर्दै स्रोतले भन्यो, ‘जेनजी समूहको वास्तविक लिडर को हो भन्ने मलाई पनि थाहा छैन । म पनि खोजी गरिरहेको छु ।’
सम्बन्धित खबर
मन्त्री पुनलाई जेनजी अभियन्ता अन्सारीको प्रश्न : तपाईं मन्त्री कि लाचार अभियन्ता ?
बालेन नेतृत्वको सरकारलाई ओलीले दिए ‘दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासक’को संज्ञा
सुधनसँग जेन्जी कार्यक्रममा देखिएका आचार्य श्रीनिवासले भनेः तिलक–चन्दन लगाउने हामीलाई क्याबिनेटमा देख्नुहुन्छ
‘रास्वपा नेतृत्वको सरकार पूर्ण रूपमा असफल भइसक्यो’
रास्वपामा उठ्यो ‘राइट टु रिकल’, दस्तावेज लेख्न महामन्त्री आचार्यको नेतृत्वमा समिति गठन
सिरहाबाट लखेटिए’ शिक्षामन्त्री पोखरेल, भने- २ जनाले हल्ला गरेपछि कार्यक्रमबाट बाहिरिएका हौं
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु