काठमाडौं, असोज २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले वर्तमान सरकारबाट नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामा आँच पुग्ने काम भए सरकार ढाल्न समय नलाग्ने चेतावनी दिएका छन्। समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले केपी ओलीको सरकार २७ घण्टामा ढलेको स्मरण गराउँदै प्रधानमन्त्री सुशीला कार्की सरकार ढाल्न १७ घण्टा पनि नलाग्ने चेतावनी दिएका हुन् ।
उनले वास्तविक कर्णालीका बासिन्दा नै नभएका एउटी तिब्बतीयनलाई नेपालको मन्त्रिपरिषद्को सदस्य बन्ने कुरा सुन्नमा आएको बताउँदै लेखेका छन्, ‘अब बन्ने मन्त्रिपरिषदमा एउटा फ्री तिब्बत अभियानकी अभियन्ता एवं उसका बुवाआमा तिब्बतबाट दलाई लामासँगै भागेर आएका तिब्बती शरणार्थी हुन् तर उसका बाउआमाले नक्कली नागरिकता लिँदै कर्णालीमा बसेका छन्।
जो वास्तविक कर्णालीका बासिन्दा नै होइनन् एउटी तिब्बतीयनलाई नेपालको मन्त्रिपरिषद्को सदस्य बन्ने कुरा सुन्नमा आएको छ यदि यसरी आँखा अगाडि राष्ट्रघात गर्दै नेपालको सार्वभौमसत्ता राष्ट्रिय अखण्डतालाई आँच पुग्ने काम यो सरकारले गर्यो भने यादगार सरकार केपी ओलीको सरकार त २७ घण्टामा ढल्यो तिम्रो सरकार १७ घण्टा पनि लाग्दैन सम्माननीय प्रधानमन्त्रीज्यू म हजुरलाई धेरै नै सम्मान गर्दछु।’
देश नै नरहने अवस्था आयो भने कार्कीका विरुद्धमा खडा हुनुपर्ने दिन आउन सक्ने भएकाले यस्ता गलत क्रियाकलाप अगाडि नबढाउ धानमन्त्रीलाई शाहीले अनुरोध गरेका छन्।
‘देश नै नरहने अवस्था आयो भने तपाईंका विरुद्धमा खडा हुनुपर्ने दिन आउन सक्छ। त्यसैले म सुझावका रूपमा भन्दैछु। यस्ता गलत क्रियाकलाप अगाडि नबढाउ सम्माननीय प्रधानमन्त्री ज्यू तपाईँलाई अनुरोध गर्दछु ।’ उनको भनाई छ।

सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह