काठमाडौं । नयाँ र पुराना कुनै पनि राजनीतिक दलमा आबद्ध नभएका तर राजसंस्था देशको लागि हितकर छ भन्ने सोचेर भदौ २३ को आन्दोलन आह्वान गर्ने वास्तविक जेनजी अभियानलाई बेवास्ता गरिएको भन्दै एक समूहले सचेतना अपिल जारी गरेको छ ।
जेन जेड अलाइन्स फर मोनार्कीका प्रवक्ता सनातन रिजालले शनिवार राष्ट्रपति,प्रधानमन्त्री,सञ्चारमाध्यम र विचार निर्माताहरूका नाममा जारी गरेको अपिलमा जेनजी आन्दोलन हाई ज्याक गर्नेहरूलाई महत्त्व नदिन भनिएको छ ।
वास्तविक जेनजी समूहका देशभक्त राष्ट्रवादी युवा र किशोर किशोरीहरू निषेधको व्यवहारविरुद्ध साँच्चिकै विद्रोहमा जाने अवस्था बनेको अपिलमा उल्लेख छ । सो अलाइन्सले सञ्चारमाध्यमले पनि नक्कली जेनजीहरुलाई ठाउँ दिने र सरकार तथा राष्ट्रपतिले पनि उनीहरुसँगै वार्ता गर्ने कुरा स्वीकार्य नहुने जनाएको चेतावनी समेत दिएको छ ।
अपिलमा भनिएको छ–हामी वास्तविक जेन जी समूहका देशभक्त राष्ट्रवादी किशोर किशोरी तथा युवाहरु तपाईंहरुको एकलकाँटे र निषेधको विचार तथा व्यवहार देखेर आजित एवम् शान्तपूर्वक आक्रोशित पनि भएका छौं, हामीलाई फेरि साँच्चै विद्रोहमा जान तपाईंहरुले बाध्य पारिरहनु भएको अवस्था जानकारी दिन चाहन्छौँ ।
अहिले राष्ट्रपति र प्रधानमन्त्रीहरु जेन जी समूहका व्यक्तिहरूसँग वार्ता गर्न भनी वास्तविक देशभक्त र राष्ट्रवादी जेनजीहरुलाई निषेध गरी नेपालमा अफापसिद्ध पुरानै रितिथिती भ्रष्ट संयन्त्र शैली तथा संविधानलाई कायम राख्ने प्रयास गरिरहनु भएको छ । तपाईंहरु जेन जी सँग वार्ता र छलफल भनी दलका नयाँ पुस्ताका कार्यकर्ता र विदेशी एजेन्टहरुसँग छलफल गरिरहनु भएको छ । यसको परिणाम राम्रो हुने छैन ।
अपिलमा गोली खाने र आन्दोलनमा जाने जेनजीलाई निषेध गरेर विदेशी एजेन्ट,दलका भातृ संगठनमा चुनाव लडेका र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा काम गरेका नक्कली जेनजीलाई स्टेक होल्डर बनाइएकोमा आपत्ति जनाएका छन् ।

सम्बन्धित खबर
तेस्रोलिंगीको नेतृत्वमा समाजवादी समावेशी पार्टी दर्ताको निवेदन
प्रमुख सचेतक जिम्मेवारी सम्हालिसकेका सन्तोष परियारले छाडे रास्वपा
मतदाता दर्ताको म्याद ५ दिन थप, अनलाइन सुविधाले सहज तर सर्भर नचलेर हैरान
दल र नेतालाई स्थानहद तोकेर कस्तो चुनाव गर्न खोजेको हो?: ओली
आन्दोलनका जलाइएकी मेरी श्रीमतीको उपचार राज्यको दायित्व होइन भने कसको हो ?: झलनाथ खनाल
मधेसमा सभामुखको पाँच सांसद पदमुक्त गर्ने निर्णय उपसभामुखले गरिन् बदर
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट