नेपाली युवामाथि भारत र चीनको प्रभाव कमजोर बनाउन अमेरिकी सरकारले एकै वर्षमा झण्डै आधा अर्ब रुपैयाँ लगानी गरेको पाइएको छ ।
इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युटको रिपोर्टअनुसार सन् २०२१ जुलाईदेखि २०२२ जूनसम्मको अवधिमा मात्र यस्तो लगानी भएको हो । ‘युवा नेतृत्व’ कार्यक्रमको नाममा उक्त रकम खर्च गरिएको बताइएको छ । तर, सन् २०२३, २०२४ र २०२५ का लागि युवामा गरिएको राजनीतिक लगानीबारे जानकारी भने सार्वजनिक गरिएको छैन ।
भारत र चीनको प्रभाव घटाउन अमेरिकाले नेपाली युवालाई राजनीतिक मुद्दामा सक्रिय बनाउँदै साढे ३ लाख अमेरिकी डलर लगानी गरेको कुरा सन्डे गार्डियन अखबारले जनाएको छ । यो रकम पनि सन् २०२१ देखि २०२२ सम्मकै हो । आईआरआईका अनुसार उक्त रकम नेपालमा भारत र चीनविरुद्ध बोल्ने तालिम दिन खर्च गरिएको हो ।
१६ फेब्रुअरी २०२२ मा काठमाडौंस्थित सोलुसन कन्सल्टेन्ट्ससँग ९ हजार १ सय ३५ अमेरिकी डलरको सम्झौता भएको थियो । सम्झौताअनुसार सामूहिक छलफलमार्फत राजनीतिक कार्यक्रम सञ्चालन गरिएको थियो । यसलाई ‘युवा नेतृत्व–पारदर्शी नीति’ नाम दिइएको थियो । सम्झौता यति कडा थियो कि त्यसमा चिनियाँ टेलिकम्युनिकेसन प्रविधि प्रयोग नगर्नुपर्ने र भारत तथा चीनबाट ल्याइएका नीतिहरूको विरोध गर्नुपर्ने उल्लेख गरिएको थियो ।
त्यसैगरी इजरायली कम्पनीले ३४ प्रतिशत नेपाली जेन–जी आन्दोलनलाई उक्साउने खालका फेक ‘अकाउन्ट’ भेटिएको दाबी गरेको तथ्य पनि सन्डे गार्डियनमा उल्लेख छ ।
सम्बन्धित खबर
तेस्रोलिंगीको नेतृत्वमा समाजवादी समावेशी पार्टी दर्ताको निवेदन
प्रमुख सचेतक जिम्मेवारी सम्हालिसकेका सन्तोष परियारले छाडे रास्वपा
मतदाता दर्ताको म्याद ५ दिन थप, अनलाइन सुविधाले सहज तर सर्भर नचलेर हैरान
दल र नेतालाई स्थानहद तोकेर कस्तो चुनाव गर्न खोजेको हो?: ओली
आन्दोलनका जलाइएकी मेरी श्रीमतीको उपचार राज्यको दायित्व होइन भने कसको हो ?: झलनाथ खनाल
मधेसमा सभामुखको पाँच सांसद पदमुक्त गर्ने निर्णय उपसभामुखले गरिन् बदर
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट