काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख तीन दलका नेताहरू शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिदाइ गर्नुपर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा झण्डै ९ मिनेटको भिडियाे सन्देश जारी गर्दै थापाले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख नेताहरूलाई नेतृत्वबाट बिदाइ गरेर संवादको नयाँ वातावरण प्रारम्भ गर्न अपिल गरेका हुन् ।
उनले देउवा, ओली र प्रचण्डबिच १० वर्षदेखि म्युजिकल चेयर चलिरहेकाले नै अहिलेको अवस्था सिर्जना भएको दाबी समेत गरेका छन् । उनले गत भदौ २३ र २४ अघिको नेपाल र त्यसपछिको नेपालको अवस्था फरक रहेको दाबी पनि गरेका छन् ।
‘हामी आफ्ना नेताहरूलाई सम्मान पनि गरौँ, इम्पेथी पनि राखौँ । सँगसँगै कांग्रेस, एमाले, माओवादीका सबै साथीहरूलाई म अपिल पनि गर्छु, तीन वटै नेताहरूले इफ, बट नभनी नेतृत्व छाड्नुपर्छ’, थापाले भनेका छन् ।
‘१० वर्ष यसैगरी बितेको थियो । आजको यो समस्याको एउटा मेजर कारणको यो सुरू भनेकै यही हो । अझै पनि तपाईँहरू चेत्नु हुन्न ? अझै पनि उहाँहरूले बिदा लिनु पर्दैन ? अझै पनि तपाईँहरूले उहाँलाई हटाउनु पर्दैन ? म सुन्छु तपाईँहरू अहिले पनि कोही अधिवेशन कोहीबीच अधिवेशन यस्तै टेक्निकल कुरा गरिराख्नु भएको छ ।’
उनले लगातार ३ वटा चुनावमा आफूले लगातार तीनवटा पार्टीलाई नै आफूले भोट हालेको उल्लेख गरेका छन् । ‘मेरो बुवाआमाले सधैँ नेपाली कांग्रेसलाई भोट हाल्नु हुन्छ । तर मेरो केही हुँदैन कांग्रेसमा ? तपाईँहरू केही मान्छे मेम्बरहरू मात्र बसेर कांग्रेसको बारेमा मेम्बर्स बसेर एमाले माओवादीको बारेमा निर्णय गर्ने तपाईँहरूसँग मात्रै अधिकार छ ? भोट चाहिँ हामी सबैले हाल्न पर्ने । निर्णय चाहिँ तपाईँहरूको केही मान्छे मुठीभर मानिसहरू बसेर गर्ने ? आज बिग्रेको कुरा यही कारणले गर्दा हो’, गगनले भनेका छन् ।
मतदातामाझ अहिले गए तिम्रो आफ्नो पार्टीको टाउको तिमीले हटाऊ, उहाँहरूलाई विश्राम लिन लगाऊ भन्छन् भन्दै उर्नले यसको बारेमा कुनै दुविका छ ? भन्दै सोधेका छन् ।
गगनको प्रश्न छ, ‘भाद्र २५ गते पछाडिको र भाद्र २२ गते अगाडिको नेपाल एउटै हो ? यो मेसेज हामीले बुझ्नु पर्छ कि पर्दैन ? कति साथी मलाई के भनिराख्नु भएको छ भने यत्रो सभापतिलाई पर्दै गर्दा सिम्प्याथि राख्नु पर्दैन ? सिम्प्याथि छैन ? सिम्प्याथि नहुने कुरा हुन्छ ? मैले र विश्वप्रकाश शर्माले भाद्र २५ गते सबै भन्दा पहिला सभापति माथिको आक्रमणको भर्त्सना गर्दै वक्तव्य निकाल्यौँ । त्यो कर्तव्य थियो ।’
थापाले थपे, ‘किनकी हामी सभापतिमाथि मात्र होइन कसै माथि पनि भौतिक आक्रमण गर्ने कुरा, हातपात गर्ने कुरा त्यो अस्वीकार्य हुन्छ भन्ने मान्छौँ । त्यसमाथि पनि हामीले फिल नगर्ने कुरा हुन्छ ? हामी आफैँ त्यही त्यही घटनाबाट जोगिएको होइन ? हामी आफैँ माथि पनि हामी त बालबाल बाँचेको हो नि हातपातबाट । हामी पनि त्यही कुटपिट हातपातको त्यही त्यही अपमान सहेरै आएको स्थिति बनेको न हो ।’
उनले आफ्ना नेताहरूलाई फ्र्यांक्ली साथ नो मोर, इफ बट केही नभनी छाडेर घर बस्न भन्न तीनवटै दललाई आव्हान गरेका छन् ।
‘तपाईँहरूले छाड्नुपर्छ, तपाईँहरू घर बस्नुपर्छ । अब तपाईँहरू बिना हामीले पार्टी चलाउँछौँ भनेर हामीले भन्नुपर्छ । यसो गर्न सक्यौं भने मात्र हाम्रो पार्टीले आम मानिसहरू सँग कुरा गर्न सक्छ’, उनले भने ।
गगनले भ्रष्टाचारलाई फाल्नुपर्ने पनि बताएका छन् ।
उनको थप कुरा यस्तो छ:
नेतृत्व बदल्ने साथ सबै बदलिन्छ भन्ने होइन नभई पार्टीको संस्कृति, गति र मति पनि बदल्नुपर्ने कुरा उल्लेख गरे । तर, त्यो सबैको लागि बाटो कतिखेर खुल्छ ? जतिखेर हामीले नेतृत्व बदल्न सक्यौँ भने मात्रै बाटो खुल्छ । छोड्नु हामीले पनि छोडौँला । हामी अनुपयुक्त भयौँ हामीले पनि छोडौँला । अरु नयाँ साथीहरु ल्याएर चलाउँला । तर, कम्तीमा सुधारको त्यो ठाउँ हामीले प्रारम्भ गर्नैपर्छ नभएदेखि हामी आजको दिनमा अरुसँग संवाद गर्न सक्दैनौँ । हामीले संवाद गर्नुपर्ने छ । म यो सुधार गर्छु भन्ने विश्वास राखेर र गर्छौँ भन्ने विश्वास दिलाएर म यही सन्दर्भमा खास गरिकन जेन्जी आन्दोलन पछाडि यसको अगुवाइ गरिराख्नु भएको साथीहरूलाई पनि केही कुरा अनुरोध गर्न चाहन्छु ।
भदौ २३-२४ गते हामीले ७४ जना साथीहरु गुमाएका छौँ। सयौँ साथीहरु अहिले पनि घाइते हुनुहुन्छ। उहाँहरुको मान कतिखेर रहन्छ ? हामीले अब गर्ने कामको आधारमा रहन्छ । हामीले यसलाई सम्हाल्न सकेनौँ । थप हिंसाको चक्रमा नेपाल पर्यो त्यो शहादत खेर जान्छ। हामीले इलेक्सन मात्र गर्यौँ । केही पनि कुरा सुधार गरेनौँ । त्यो अर्थमा पनि खेर जान्छ । तपाईँहरु चाहनुहुन्छ यो बेलामा शान्ति पनि रहोस् तर सँगसँगै थुप्रै कुराहरु बदलिओस्। भ्रष्टाचार मुक्त होस्, सुशासन होस्। हामी पनि त्यही चाहन्छौँ। त तपाई र हाम्रो बिचमा अब संवाद गर्न आवश्यक छ। म संवादको लागि आग्रह गर्छु। तपाईँहरु चाहनुहुन्छ इलेक्सन होस्। हामी पनि चाहन्छौँ इलेक्सन हुनै पर्छ।
…थुप्रै काण्डहरू दबाइएको छ । राजनीतिक दबाबका आधारमा, प्रभावका आधारमा यी सबैमाथि छानबिन हुनुपर्छ, अनुसन्धान हुनुपर्छ। जसले खाएको विष छ उसलाई लाग्नु पर्छ। नखाएकोलाई लाग्नु हुँदैन । हामी पनि त्यही चाहन्छौँ । नखाएको विषको भारी हामी किन बोक्ने ? कतिपय स्ट्रक्चरल कुराहरु पनि छ। हाम्रो जुन खालको इकोनोमी छ, जुन खालको हाम्रो राजनीतिक संस्कार छ। यसका बीचमा हाम्रो संरचनाहरु कसरी बनाउने? हाम्रा नीति नियमहरु के के कुरा बदल्ने? यो सबै कुराहरुमा तपाईँ र हामी सँगै बसेर काम गर्नुपर्ने छ। अनि मात्र हामीहरुलाई सम्हाल्न सक्छौँ । हामीले यसलाई सम्हाल्यौँ भने मात्रै भाद्र २३ र २४ गते लिएको शहादतको त्यसको अर्थ रहन्छ। त्यसैले म तपाईँहरुलाई अपिल गर्न चाहन्छु। आउनुहोस्, बसौँ । छलफल गरौँ । संवाद गरौँ ।
सम्बन्धित खबर
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?