गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं- नेपाली सेनाले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सिंहदरबार र सर्वोच्च अदालतसहितका सरकारी संरचना जोगाउन अन्तिमसम्म कोसिस गरेको जवाफ दिएको छ ।
नेपाली सेनाका युद्धकार्य विभाग प्रमुख अनुपजंग थापाले भदौ २४ गते राति १० बजेदेखि सडकमा निस्किनुनअघि नै उपत्यकाका १८ मध्ये १२ वटा दमकल प्रयोग गरेर आगो निभाउने कोसिस गरिएको जवाफ दिएका छन्।
देशको मुख्य प्रशासनिक केन्द्र, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत र संसद् भवन जोगाउन नसकेको आरोप खेपिरहेको सेनाले भौतिक क्षतिभन्दा मानवीय क्षति ठूलो भएकाले त्यसतर्फ सोचिएको बताएको छ ।
‘जहाँसम्म सिंहदरबार जोगाउन नसकेको कुरा छ । अत्यन्त संयम्मता अपनाएर घातक शक्तिभन्दा कमका लेस देन लिथल उपायहरू अपनाइएको हो । सेनाले भदौ २४ गते सिंहदरबार घेर्न आएको भिडलाई रोक्न सेनाले ४६ राउन्ड हवाई फायर गरेको हो’, उनले भने, ‘सेनाले दुई दुई पटकसम्म मूलगेटबाट छिरेको हुललाई बल प्रयोग गरेर बाहिर पठाएको थियो । तर तेस्रो पटक चारै दिशाबाट अत्यन्त आक्रोशित भिड छिरेपछि परिस्थितिलाई सम्हाल्न सकिएन ।’
थापाले आक्रोशित भिड भड्किसकेको अवस्थामा पनि सेनाले सुरक्षाका लागि पहल लिएको बताए । ‘सेनाले अघोषित रुपमा पनि शान्ति सुरक्षाका लागि पहल लिएको थियो। सिंहदरबार जोगाउन सक्दो प्रयास गरेकै हो’, उनले भने, ‘तर हाम्रा लागि भौतिक सुरक्षाभन्दा ठूलो मानवीय सुरक्षा थियो । यदि सेना कठोरपूर्वक बल प्रयोगतिर उत्रिएको भए सयौँको ज्यान जान सक्ने थियो । त्यसैले कमभन्दा कम मानवीय क्षतिको विकल्पतर्फ सेनाले कदम चालेको हो ।’
त्यसैगरी युद्धकार्य विभागका प्रमुख थापाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा र अमचयन कायम गर्न सेनाले आवश्यक पहल लिएको स्पष्टीकरण दिए ।
‘यसको पहलबाटै नियत के थियो भन्ने आँकलन गर्न सकिन्छ । सेनाले आन्दोलनलाई सहयोग पुर्याएको तर्क गरिएको छ तर त्यस्तो होइन’, उनले भने, ‘सेनाले भदौ २४ गते राति अवस्था सामान्य पार्न पहल नगरेको भए देशको अवस्था के हुन सक्थ्यो ? अराजक वातावरणको न्यूनीकरणका लागि सेनाले सबै समूहसँग वार्ताको पहल गरेको हो ।’
उनले सेनाले कहिले पनि राजनीति नगर्ने बताउँदै त्यसबेलाको परिस्थिति सम्हाल्न दुर्गा प्रसाईंसहितका समूहसँग पनि वार्ता गर्नुपरेको उल्लेख गरे । ‘त्यो परिस्थितिलाई सम्हाल्न मात्रै सेनाले कदम चालेको हो’, उनले भने, ‘सेनालाई राजनीति गर्ने इच्छा छैन, राजनीति गर्दैन पनि । तर देश अराजक अवस्थामा रहेको बेला सेनाले वार्ताको पहलदकमी लिएको हो। यसमा कुनै शंका गर्नुपर्ने कारण छैन ।’
उता प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतमा लागेको आगो ललितपुर महानगरपालिकाको दमकल बोलाएर तीन दिनपछि निभाएको भनेर दिएको अभिव्यक्तिबारे पनि सेना बोलेको छ ।
नेपाली सेनाको युद्ध कार्य निर्देशनालयका प्रमुख मनोज थापाले राउतको भनाइको खण्डन तर गरेनन् तर भदौ २४ गते सर्वोच्चमा लागेको आगो २५ गते नै निभेको जवाफ भने दिए ।
‘सर्वोच्च अदालतमा लागेको आगो भोलिपल्टै निभाइएको थियो, ललितपुरको दमकलले त्यो आगो निभएको होइन’, उनले भने, ‘तेस्रो दिनमा ललितपुरबाट दमकल आएर निभाएको भनिएको छ, त्यो सत्य होइन, त्यस कुराको म खण्डन गर्दिनँ । यथार्थ के हो भने सर्वोच्चको आगो भोलिपल्ट नै निभेको हो ।’
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर