काठमाडौँ । निवर्तमान ऊर्जामन्त्री दीपक खड्का आफ्नै घरबाट लाइभ आएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले देश छोडेर भागेको भनेर दाबी गरिएका खड्का सोमबार आफ्नै क्षतिग्रस्त घरबाट फेसबुकबाट लाइभ आएका हुन् ।
केही दिनअघि एउटा दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै उनले यो दाबी गरेका थिए । ‘तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ,’ गृहमन्त्री अर्यालले भनेका थिए ।
खड्काले जेनजी पुस्ताले गरेको आन्दोलन जायज भए पनि आन्दोलनमा देखिएका अदृश्य शक्तिका कारण देश नै रहने कि नरहने र हामीले नेपाली भन्न पाउने कि नपाउने भन्ने अवस्था रहेको बताए । उनले निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विषय पार्टीले निर्णय गर्ने भन्दै तर यो विषयमा राजनीतिक दलहरूले समान धारणा बनाएर जानुपर्ने बताए ।
आफ्नो जलेको निवास परिसरमा पत्रकार सम्मेलन गरेर उनले सरकारसँग नडराउने बताएका हुन् । ‘सरकारले मलाई वारेन्ट काटेको छ र ? बाहिर जान रोक लगाएको छ र ?’ पूर्वमन्त्री खड्काले प्रश्न गरे, ‘म भागे भन्न मिल्छ ? झिनामसिना कुराले मलाई छुँदैन । म डराउँदिनँ ।’
उनले जेनजी आन्दोलनका क्रममा २४ भदौका दिन आफू घरमै रहेको पनि जानकारी दिए । उनले घरमा पुगेका आन्दोनलकारीले ढोकामा हान्न थालेपछि आफूले खाना नै खान नपाएको गुनासो गरे ।
‘आर्मीहरूले सुरक्षित गरेर संरक्षण गरेको हो । २४ गते म घरमै थिएँ । खाना खाँदै थिएँ’, खड्काले भने, ‘मेरो घरमा आगजनी हुँदै गर्दा ढोका ढ्याङ-ढ्याङ गरेपछि खान पनि पाइनँ, बच्चालाई पनि खुवाउन पाइनँ । अंगरक्षक साथीहरुले बाहिर निकाल्नुभयो ।’
पूर्वमन्त्री खड्काले घरबाट निस्किएर छिमेकीमा बसेको र राति नेपाली सेनाको ब्यारेकमा बसेको पनि जानकारी दिए । ‘म छिमेकीकोमा बसें । राति त्यहाँबाट निस्किएर आर्मी क्याम्पमा बसियो’, उनले भने, ‘त्यसपछि तराईतिर तीन-चार दिन बसेँ ।’
खड्काले तराईबाट आफू सोझै उपचारका लागि भारत गएको पनि बताए । ‘बिरामी भएपछि उपचारका लागि भारतमा गएँ । डेँगु भएछ । त्यहाँ केही मन्त्रीहरुसँग भेटघाट भयो’, उनले भने । बच्चा, श्रीमती र आफू बिरामी भएको खड्काको भनाइ छ ।
उनले अहिलेको सरकारका विषमा टिका-टिप्पणी नगर्ने पनि बताए । ‘अहिले सरकारले निर्वाचन घोषणा गरेको छ, मुलुक सम्हाल्ने दायित्व हो । यो सरकारको विषयमा टिकाटिप्पणी छैन’, खड्काले भने, ‘परिस्थितिजन्य सिर्जित सरकारको हो । यो मुलुकको जिम्मा राजनीतिक दलहरुले, समाजमा रहेका नागरिकहरुले लिनुपर्छ ।’
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ