काठमाडौँ – हमासको नियन्त्रणमा परेर ज्यान गुमाएका नेपाली युवा विपिन जोशीको शव काठमाडौँ आइपुगेको छ। इजरायलबाट विपिनको शव सोमबार दिउँसो नेपाल ल्याइएको हो।
शव विमानस्थल आइपुगेपछि प्रधानमन्त्री सुशीला कार्की, उर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल, मुख्यसचिव एकनारायण अर्यालसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूले विपिनलाई श्रद्धाञ्जली दिएका छन्।
श्रद्धाञ्जलि कार्यक्रममा विपिनको परिवारका सदस्यहरू पनि सहभागी थिए। शव नेपाली सेनाको संयोजनमा सोमबार नै कञ्चनपुर पठाइएको छ।
विपिनको शव धनगढी लगिएको छ। नेपाली सेनाको स्काईट्रकले शव धनगढी पुर्याउने छ। त्यसपछि सेनाको स्थानीय युनिटले शव धनगढी हुँदै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित उनको घरमा लग्ने छ।
मंगलबार विपिनको अन्तिम संस्कार गरिने जनाइएको छ।
हमासले विपिनलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको थियो। उनी अपहरण परेको केही समयसम्मको जीवित भिडियो केही दिनअघि सार्वजनिक भएको थियो।
इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएपछि नेपाल ल्याइएको हो।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो