काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्दले अहिले कम्युनिष्टहरुबीचको एकताको आवश्यकता झनै बढेको उल्लेख गरेका छन्।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकता प्रक्रिया थालिएपछि विप्लवको आफ्नो धारणा आएको हो।
सोबारे विप्लवले पाँच बुँदे धारणा राखेका छन्। जसमा उनले दुई दलबीच हुन लागेको एकतालाई सकारात्मक रुपमा लिएको भनेका छन्। उनले भनेक छन्,‘यदि कुनै पार्टीहरूबीच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ ।’
तर, कम्तिमा कम्युनिस्टहरू बीच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको संघीयता) स्थापना गर्न सयुक्त मोर्चा र सहकार्य को नीतिमा काम गर्नुपर्नै उनको सुझाव छ।
उनले अघि सारेको पाँच बुँदे धारणा यस्तो छ :
१. कम्युनिस्टहरू बीचको एकताको आवश्यकता झनै बढेको छ ।
२. एकता संठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित छैन, यसका विचार,सिद्धान्त,लक्ष्य,आर्थिक दृष्टिकोण,जीवन व्यवहार, संस्कृति सहितको एकरूप बुझाइसँग सम्बन्धित छ। यी बिषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेका छन् तर टुंगो लागिसकेको छैन ।
३. यदि कुनै पार्टीहरूबीच एकता हुन्छ भने सकारात्मक रूपले लिनुपर्छ ।
४. कम्तिमा कम्युनिस्टहरू बीच विगतमा जस्तो शत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको संघीयता) स्थापना गर्न सयुक्त मोर्चा र सहकार्य को नीतिमा काम गर्नुपर्छ ।
५. देशको स्वाधीनता गम्भीर संकटमा परेको स्थितिमा सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूबीच मोर्चा निर्माणमा अग्रसर हुनु पर्दछ ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा