अभियन्ता इन्जिनियर ईः ले जेन–जी आन्दोलनपछि सुरुमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह प्रधानमन्त्री बन्न ‘तम्सिएको’ दाबी गरेका छन्। मंगलबार फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै ईःले यस्तो दाबी गरेका हुन्।
‘भदौ २४ गते पहिलो प्राथमिकता बालेनलाई प्रधानमन्त्री बनाएर गोलमेच बोलाउनु थियो,’ ईःले लेखेका छन्, ‘सुरुमा तम्सिए पनि परिस्थिति सोचेकोभन्दा विकराल भएपछि उनले खुट्टा कमाए।’
दोस्रो प्राथमिकतामा रवि लामिछाने रहेको उनले दाबी गरेका छन्। ‘दोस्रोमा रवि थिए, तर विकसित परिस्थितिले उनको ओज कम गरिदियो, गराइयो,’ उनले लेखेका छन्।
त्यसपछि २५ गते कल्याण श्रेष्ठलाई स्थापित गर्ने प्रयास चलेको ईःले दाबी गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘तर संविधानका आधारभूत विषयमा उनको फरक मत स्वीकार्य भएन।’
यी प्रयासका प्रारम्भ विन्दु सानो वृत्तमा सीमित रहेको उनले खुलासा गरेका छन्। ‘प्रारम्भ बिन्दुमा यस्तो सानो वृत्तमा सीमित थियो कि निर्मल निवास, अधिकांश दलका पदाधिकारी र कैयन् शक्तिकेन्द्र यसबारे बेखबर थिए,’ ईःले लेखेका छन्।
पूर्ण भ्याक्युम र थप अनिष्टताको परिस्थिति टार्न सुशीला कार्की सर्वस्वीकार्य, सर्व विश्वासिलो बनेको उनले दाबी गरेका छन्।
‘ओमप्रकाशको भूमिका ठुलो’
‘यसमा बालेनसँग राजनीतिक र सैद्धान्तिक अस्पष्टता कारण टाढिएका, विधिसम्मत ढंगले चल्नुपर्छ भनेर प्रायः अडिग, ओमप्रकाश अर्यालको ठुलो भूमिका थियो,’ ईःले लेखेका छन्, ‘त्यसैले सल्लाहकार भूमिकामा सीमित रहन खोज्दाखोज्दै उनलाई नै गृहमन्त्री बनाउनुपर्ने अडान प्रधानमन्त्रीले लिनुभयो।’
अर्यालको सट्टा गृहमन्त्री बनाउने प्राथमिकतामा महानगर प्रहरी प्रमुख राजु पाण्डे, नभए समावेशिताका लागि मिरा चौधरीलाई गृहमन्त्री बनाउन बालेन र उनका आसपासकाले हर सम्भव प्रयास गरेको पनि उनले दाबी गरेका छन्। त्यो प्रयास अहिले पनि जारी रहेको उनले लेखेका छन्।
‘गृहमन्त्री कमीकमजोरीरहित व्यक्ति होइनन्। तर सारथि फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकसित हुनसक्छ,’ उनले लेखेका छन्। अहिले पनि ठुलो भूराजनीतिक र स्थानीय शक्ति प्रतिस्पर्धामा रहेको उनले लेखेका छन्।
‘अधिकांश पक्षको आन्तरिक चाहना अस्पष्ट छ। के नवयुवाको रगत यसैको लागि बगेको हो? कस्तो विडम्बना! कस्तो निर्लज्जता!,’ ईःले लेखेका छन्।
बेलैमा सबै पक्षले आआफ्नो भूमिकाबारे थप दुर्घटना टार्न सचेत हुन जरुरी रहेको उनले लेखेका छन्।
‘स्टन्टका लागि मात्र नभई विधिसम्मत र परिपक्व हिसाबले भदौ २३ र २४ मा भएका अपराधको सजाय अपराधीहरूले पाउनु नै पर्छ,’ उनले अगाडि लेखेका छन्, ‘आम मानिसको हकमा मात्र नभई जबाफदेहिता र न्याय ओहदा नहेरी स्थापित हुनुपर्छ। समयमा चुनाव हुनै पर्छ।’
सबैको आआफ्नो स्वार्थपूर्ण निकास परिदृश्य होला, तर समाजको लागि उपयुक्त यही रहेको उनले दाबी गरेका छन्। ‘रगत बगाएर, देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा हुँदैन। अनि यतिको सत्य बोल्न पनि ज्यानै खतरामा भएको महसुस गर्नुपर्ने हो भने, होस् खतरा होस्,’ उनले अगाडि लेखेका छन्।

सम्बन्धित खबर
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णय
सरकारी कर्मचारीलाई अब १५/१५ दिनमा तलब
सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति आपत्ति
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
पूर्वराजारानी पोखरा भ्रमणमा आउँदै
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?