राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लाे सरकारले आफूविरुद्ध लगाएकाे मुद्दामा वर्तमान सरकारकाे धारणा खोजेका छन्।
आफूविरुद्ध राजनीतिक प्रतिशाेधका आधारमा मुद्दा लगाइएको दाबी गर्दै लामिछानेले वर्तमान सरकारको धारणा खोजेको बताए।
कारगारबाट चार बुँदे सन्देश जारी गर्दै उनले एक पटक चिठ्ठा परेकालाई पटक पटक नपर्ने पनि चेतावनी दिएका छन्।
उनले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ भन्दै आवश्यक पर्दा नेतृत्व र त्याग दुवै गर्न तयार रहेको बताएका छन्।
लामिछानेलाई नख्खु कारागारमा भेटेपछि लामिछानेका प्रेस सल्लाहकार प्रमोद न्यौपानेले उनी पूर्ववत स्वस्थ, दृढ र आत्मविश्वासी रहेकाे बताए।
राजनीतिक चासाे लिनेलाई अवगत गराइदिनु भन्दै लामिछानेले चार बुँदे सन्देश दिएको पनि न्यौपानेले बताए।
यस्ता छन् रविका चार सन्देश
(१) अघिल्लाे सरकारले राजनीतिक प्रतिशाेधका आधारमा मविरुद्ध लगाएकाे मुद्दामा वर्तमान सरकारकाे धारणा खाेजिरहेकाे छु, ‘फेवर’ हाेइन। हिजाे ‘अन्याय भयाे’ भन्नेहरूले आज केही त बाेल्नु पर्ला!
(२) पछिल्लाे जनमतका आधारमा चाैथाे शक्ति हुनुकाे नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ। आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुबै गर्छ।
(३) एकपटक चिठ्ठा परेकाहरू पटक-पटक पराेस् भन्ने ठान्छन्। तर, संयाेग दाेहाेरिरहँदैन नि! भर्खरै चिठ्ठा परेका केहीलाई फेरि चिठ्ठाकै आश/लाेभ छ। लाेभीहरूले चिठ्ठा किन्न सक्छन। तर, फेरि पर्छ नै भन्ने हुन्न। हरेक जालमा माछा पर्दैन नि!
(४) रास्वपालाई मुलुककाे नेतृत्व गर्ने दल बनाउनु छ। त्याे क्षणिक लाभ-हानी साेचेर बन्दैन। अत्यन्तै खराव परिस्थिति आए पनि रास्वपालाई एक नम्बरकाे शक्ति बनाउने दृढतामा कमजाेर हुन्न, मेहनत र समय कति लाग्छ त्याे ठूलाे कुरा हाेइन।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा