बुटवल । नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए ।
उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो ।
मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए ।
६४ वर्षीय गौतम एक्कासी ढलेका थिए ।
अस्पताल पुर्याएपछि चेकजाँच गर्दा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको बस्यालले बताए ।
बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा एमालेका केन्द्रीय सदस्य समेत हुन् । २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय गौतमका दुई छोरा र श्रीमती रहेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा कोरिडोरका १० उद्योगमा लाइन काटेको विरोधमा उद्योगीका संस्था र मजदुरले संयुक्तरूपमा आयोजना गरेको विरोध प्रदर्शनमा गौतम मजदुरहरूको तर्फबाट वक्ताका रुपमा गएका थिए ।
‘सरकारको कदमले २५ हजार मजदुरको रोजीरोटी खोसिँदैछ । यहाँका सीडीओ र बिद्युत प्राधिकरणका साथीहरूले यो आन्दोलनलाई सांकेतिक आन्दोलनको रूपमा लिन जरुरी छ,’ उनको आवाजमा केही बदलाव सुनियो, ‘हामी ती २५ हजार श्रमिकको रोजीरोटी गुमाउन चाहँदैनौं अत: यो कारणले…..’ यति भन्दा नभन्दै उनी ढले ।
तत्कालै उनलाई अस्पताल लगियो । १५ मिनेटभित्रै मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको भए पनि त्यहाँ पुग्दासम्ममा उनको प्राण उडिसकेको थियो ।
नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले श्रमिक वर्गको हक अधिकारमै तीन दशक बढी बिताएका गौतमको निधनले देशभरका मजदुर र एमाले पार्टी पंक्ति मर्माहत भएको प्रतिक्रिया दिए ।
‘गौतमको सादगी जीवन, स्वच्छ र प्रष्ट वक्ताको छवि, श्रमिकको न्याका लागि सदैव खटिने स्वभाव सबैले अनुशरण गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ,’ गैरेले भने ।
सम्बन्धित खबर
विशेष महाधिवेशनबाट कांग्रेस सभापति बने गगन थापा, यस्तो छ निर्वाचित कार्यसमिति (सूचीसहित)
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
नेपाली कांग्रेस फुट्यो, गगन, विश्वप्रकाश र फर्मुल्लाह बाहेकलाई पार्टीमा फिर्ता हुन कांग्रेसको अपील
गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्काशनको घोषणा
पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौं : विश्वप्रकाश
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच ४ घण्टा छलफल