काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट बाहिर रहेका नेता-कार्यकर्तालाई आफ्नै घरमा फर्किन आह्वान गरेका छन्।
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा माओवादीसँग पार्टी एकता गर्ने विषयमा वादविवाद चलिरहेका बेला अध्यक्ष ओलीले फेरि काँधमा काँध मिलाएर अघि बढ्न आग्रह गरेका हुन्।
‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता-कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु- जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्। यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो। फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं। देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं,’ उनले भने।
अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपाली अभियानका निम्ति अलमलमा नपर्न पनि आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी एउटै परिवार हौं। हाम्रो लक्ष्य स्पष्ट छ। कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा।’
उनले एमाले केवल एउटा राजनीतिक संगठनमात्र नभएर जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार भएको उल्लेख गरेका छन्। ‘यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेलयातना भोगे, कतिले जीवन बलिदान गरे, कसैले आफ्नो युवावस्था आन्दोलनमा अर्पण गरे, र धेरैले सानो-ठूलो योगदान गरेर यो घरलाई अड्याए,’ उनले भने, ‘आज फेरि महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको छ, लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको छ। यस्तो बेला हामी मौन रहन सक्दैनौं। राष्ट्रिय एकता, देशको स्वाभिमान, र लोकतन्त्रको रक्षाका लागि हामी सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्छ।’

माओवादीसँग एकताको विपक्षमा उभिएका नेकपा एसका नेताहरू एमालेमा फर्किन्छन् ?
माओवादीसँग एकताको विपक्षमा उभिएका नेकपा एसका नेताहरू अनौपचारिक छलफलमा छन्।
पार्टीभित्र सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित केही शीर्ष नेताहरूले विमति राखेपछि थप निर्णय लिने अधिकार सचिवालयले लिनसक्ने एक नेताले बताए।
ती नेताले भने, ‘उहाँले सोचेभन्दा धेरै एकताको विपक्षमा उभिएकाले केही हच्किएको महसुस गरेका छौँ। उहाँ बैठकको बिचमा पनि उहाँ निरन्तर प्रचण्डसँग संवादमा हुनुहुन्छ।’
माओवादीसँग माधव नेपालले एकता गरे माओवादी पनि विभाजित हुने ती नेताले दाबी गरे।
अध्यक्ष नेपालले बहुमतले निर्णय गरे तपाईँहरू एमाले फर्किन तयार हो ? भन्ने प्रश्नमा ती नेताले भने, ‘ओलीको नेतृत्व हुँदाहुँदै एमालेमा फर्किने सम्भावना छैन। एमालेमा पनि ओलीविरुद्ध आवाज उठेको छ। उहाँ नेतृत्वबाट बिदा भए त्यो सम्भावना पनि हुनसक्छ।’
नेकपा एसमा सम्मानित नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्यमा विजय पौडेल, रामकुमारी झाँक्री र जीवनराम श्रेष्ठ रहेका छन्।
पोलिटब्युरो सदस्य लक्ष्मण लम्साल, शिव भण्डारी, अब्दुल हुसैन, अशेष घिमिरे, दामोदर अर्याल, पोलिटब्युरो सदस्य धर्म निरौला, महेश रेग्मी र केन्द्रीय सदस्य आरती लामा छन्।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए