काठमाडौँ – विद्वत वर्गबाट आगामी फागनु २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन सारेर २०८३ जेठ महिनाको पहिलो हप्तामा गर्नुपर्ने सुझाव आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको वृहत् राजनीतिक संवादमा काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमुख प्रा.डा. निर्मलमणि अधिकारीले २०८२ फागुनमै चुनाव गर्नु उपयुक्त नभएको बताएका हुन्। उनले चुनाव सार्नका लागि राष्ट्रिय सहमति जुटाउनुपर्ने बताएका छन्।
उनले भने- ‘चुनाव हुनुपर्छ तर चुनाव मात्रै ‘एक मात्र विकल्प’ होइन। चुनाव हुनुभन्दा पहिल्यै समाधान गर्नुपर्ने धेरैवटा मुद्दाहरू छन्। समस्या समाधान सहित चुनाव गर्ने हो, फगत् चुनावका लागि चुनाव मात्रै गर्ने होइन। चुनाव केही समय सारेर गर्दा पनि हुन्छ।’
उनले २०८३ महिनाको जेठमा चुनाव गर्न सुझाव दिएका छन्।
उनले कार्यक्रममा भने- ‘चुनाव सार्नुपर्ने कारणहरुमा अधिकारीले जेनजीका कतिपय अपरिहार्य माग चुनावभन्दा पहिले सम्बोधन गरिनुपर्ने खालका रहेको र त्यसका लागि पर्याप्त समय चाहिने, चुनावको तयारी नपुगेको, फागुनमा हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुने र चुनाव अगावै हुनुपर्ने पार्टीहरूका महाधिवेशनका लागि पनि समय चाहिएको छ।’
त्यस्तै, सुरक्षा निकायको मनोबल स्थापित हुनका लागि पनि केही समय दिनुपर्ने उनको तर्क छ।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए