काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राजनीतिक दल, अमेरिकी र छिमेकी मुलुकलाई लक्षित गर्दै आपत्तिजनक र अशोभनीय स्टाटस लेखेका छन्। उनले भारत, चीन, अमेरिका र प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै विषयमा आपत्तिजनक स्टाटस लेखेका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा ‘भाडमा जाउ, तिमीहरूले केही पनि गर्न सक्दैनौं’ भन्ने आशयको विवादित स्टाटस लेखेका छन्। मेयर बालेनले शनिबार मध्यरातमा लेखेको उक्त स्टाटस अहिले डिलिट गरेका छन्। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले स्टाटस डिलिट गरेका थिए।
छिमेकी देश र प्रमुख राजनीतिक दलका विषयमा आपत्तिजनक स्टाटस लेखपछि उनको चौतर्फी आलोचना भएको थियो। उनले कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र भारत, अमेरिका र चीनको नाम लिएरै विवादस्पद् अभिव्यक्ति दिएका थिए।
बालेन सामाजिक सञ्जालमा लेखेका स्टाटसका कारण चर्चामा रहने गर्छन्। यसअघि पनि सिंहदरवारमा आगो लगाइदिनेजस्ता अभिव्यक्तिका कारण उनी विवादमा परेका थिए। सोही अभिव्यक्तिकै कारण जेनजी आन्दोलनमा सिंहदरवार जलाइएको भन्दै उनीविरुद्ध उजुरीसमेत परेको छ। जेनजी आन्दोलनमा पनि फेसबुकमा विभिन्न स्टाटस लेखेर उक्साएको उनीमाथि आरोप लाग्दै आएको छ।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा