काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गतेको प्रदर्शनमा माओवादीले हिंसा र तोडफोड मच्चाउन भूमिका खेलेको आरोप लगाएका छन् ।
कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’मा रूपेश श्रेष्ठसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
ओली प्रधानमन्त्री भएका बेला संसद्मा उभिएर माओवादी अध्यक्ष पुष्पकमल दाहालले यो देश बंगलादेश बन्छ भनेर घोषणा गरेको पृष्ठभूमिमा कुरा गर्दै उनले प्रदर्शनका क्रममा माओवादीले लडाकुहरू खटाएको दाबी गरे । ओलीले आन्दोलनमा माओवादीले आफ्ना मान्छे सहभागी गराएको बताउँदै भने, ‘आफ्ना मान्छेलाई सहभागी गराउनु आफैँ सहभागी हुनुजस्तै हो । एक जना होइन, दुई जना हैन । जेन–जी बनाएर पठाएको छ । मान्छे खटाइएको छ । र, एकखाले सत्यतालाई ढाकछोप गर्ने प्रयास भयो ।’
उनले जेन-जी आन्दोलनपछि माओवादी अध्यक्ष दाहालले खेलेको भूमिकामाथि पनि प्रश्न गरेका छन् । दाहालले आफ्नो स्वार्थ पूरा गर्न प्रधानमन्त्री कार्कीको समर्थन गरिरहेको पनि टिप्पणी गरेका छन् । उनले दाहालले प्रधानमन्त्री कार्कीको समर्थन गर्नुको पनि केही कारण भएको बताउँदै भने, ‘प्रचण्डजी सायद डराएर हो या बच्नका लागि हो वा केका लागि हो, म जान्दिनँ तर उहाँले चाहिँ प्रधानमन्त्रीलाई समर्थन गरिराख्नुभएको छ ।’ ओलीले आफू दाहालजस्तो मान्छे नभएको तर्क गर्दै आफूले जिन्दगीभर लडेर डेमोक्रेसी ल्याएको र आफूलाई त्यसको माया भएको बताउँदै तर्क गरे, ‘यो संविधान लेख्दा, यो संविधान जारी गर्दा जे जे झेल्नु परेको थियो, मलाई त याद छ नि ! संशोधन गर्नुपर्छ । तर संशोधन गर्नु र रद्द गर्नु फरक कुरा हो नि ! यो संविधान रद्दको पक्षमा म छैन ।’
ओलीले प्रधानमन्त्री मान्ने तर उनी जुन बाटोबाट त्यहाँ पुगिन्, त्यसमा आफ्नो असहमति रहेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीज्यूको व्यक्तिगत विषयमा म उति जान्दिनँ तर उहाँले निर्वाह गरेको भूमिका भनेको पूर्वप्रधानन्यायाधीशका रूपमा भूमिका निर्वाह गरेको हो । आज देशको प्रधानमन्त्रीको हैसियतमा हुनुभएको हुँदा नागरिकको र तपाईं मेरो सबैको जीवन र धनको सुरक्षा गर्ने, तपाईंलाई र मलाई बराबर न्याय हुन्छ भन्ने विश्वास दिलाउने काम गर्नुहुन्छ भन्ने मेरो विश्वास हो ।’
सम्बन्धित खबर
विशेष महाधिवेशनबाट कांग्रेस सभापति बने गगन थापा, यस्तो छ निर्वाचित कार्यसमिति (सूचीसहित)
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
नेपाली कांग्रेस फुट्यो, गगन, विश्वप्रकाश र फर्मुल्लाह बाहेकलाई पार्टीमा फिर्ता हुन कांग्रेसको अपील
गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्काशनको घोषणा
पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौं : विश्वप्रकाश
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति