काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनको प्रतिवेदनमा हालैको जेनजी आन्दोलनदेखि राष्ट्रिय राजनीतिका प्रमुख एजेन्डाहरूमा पार्टीको विचारधारा थप स्पष्ट गरिएको छ ।
उपसभापति अर्याल गत भदौ २३ र २४ गतेको घटनालाई पुराना दलको शासकीय अनैतिकता र अक्षमताको परिणामका रूपमा व्याख्या गरेका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘शासकहरूले आफ्नो भविष्य बरबाद पारे भन्ने तीव्र असन्तुष्टिले उनीहरू परिवर्तनको हिस्सा मात्र होइन, निर्णायक शक्ति नै बन्न अगाडि सर्दा जेनजी आन्दोलन भयो ।’
भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान र कारबाही सरकारको तत्कालीन कार्यभार भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘आन्दोलन हिंसात्मक बनेपछि जेनजीले २३ गते दिउँसै प्रदर्शन अन्त्यको घोषणा गरिसकेका थिए । तर सरकारको चरम दमन र विद्यालय पोशाकमा आएका विद्यार्थी लगायतको हत्यापछि जनस्तरबाटै प्रतिवाद हुँदा आन्दोलन निर्णायक र सफल भएको हो,’ प्रतिवेदनमा भनिएको छ ।
अर्यालले तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई २४ गतेको घटनाले राजीनामा दिन बाध्य पारेको बताएका छन् ।
उनले लेखेका छन्, ‘स्कुले विद्यार्थीले ज्यान गुमाउनु परेको दुखमा होइन, आफ्नै सुरक्षाको चिन्तामा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको हो ।’
२४ गतेको विध्वंसमा राजनीतिक कार्यकर्ताको सक्रियता रहेको तथ्य फोटो र भिडिओहरूबाट खुलेको अर्यालले उल्लेख गरेका छन् । सार्वजनिक भएका केही तथ्यले भदौ २४ को घटना योजनावद्ध हो कि भन्ने आशंकालाई बढाएको उनको भनाइ छ ।
प्रतिवेदनमा भनिएको छ, ‘२३ गते राज्य शक्तिको दुरुपयोगमा जनहत्या भएकै कारण २४ गतेका घटना भएका हुन् । तर, दुवै दिनका घटनाको निष्पक्ष छानबिन गरी अपराध र संलग्नताको आधारमा दोषीलाई कारबाही गर्नुपर्छ ।
रास्वपा २०८४ मा मतबाटै निलो क्रान्ति गर्ने योजनामा रहेको तर जनेजीले रातो क्रान्ति गरिदिएको टिप्पणीसमेत प्रतिवेदनमा गरिएको छ । जेनजी आन्दोलनको म्यान्डेट र भावनालाई संस्थागत गर्न भने बाँकी रहेको भन्दै प्रतिवेदनमा त्यसको पहिलो र अनिवार्य प्रक्रिया निर्वाचन नै भएको निष्कर्ष निकालिएको छ ।
कार्यवाहक सभापति अर्यालले जेनजी आन्दोलनको बलमा बनेको दलविहीन अन्तरिम सरकारलाई बाध्यताको उपज भनेका छन् ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ