जनकपुर : मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्। संसदमा विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका हुन्।
संसदमा माओवादीका सांसद रहबर अन्सारी र माला कुमारी कर्णले विद्रोह गर्दै विश्वासको मत नदिने भएपछि राजीनामा घोषणा गरेको हो।
सभामुख रामचन्द्र मण्डलले मत विभाजनको प्रक्रियामा गएपछि मुख्यमन्त्री सोनारले छलफल तथा वार्ताको समय नदिएको भन्दै संसदबाटै राजीनामा घोषणा गरे। त्यसअघि सत्ता पक्षबाट माओवादी केन्द्रका दुई सांसद रहबर अन्सारी र माला कुमारी कर्णले आफ्नो कुरा राख्न पाउनुपर्ने भन्दै मन्तव्यसहित विश्वासको मत नदिने घोषणा गरेका थिए।
मधेश प्रदेशसभाका सभामुख मण्डलले मत विभाजनको प्रक्रियामा जाने खोजेपछि रोस्टमबाट बोल्ने आग्रह गर्दै माओवादीका सांसद रहबर अन्सारीले मधेश प्रदेशसभाको औचित्य र नैतिक धरातल सकिएको भन्दै आफ्नै मुखमा कालोमोसो दलेका थिए। रोस्टमबाट बोल्दै अन्सारीले सबै दल र सांसदहरूको नैतिक धरातल सकिएकाले कुनै दललाई विश्वासको मत नदिने घोषणा गरे।
अन्सारीसँगै माओवादी केन्द्रकी अर्की सांसद माला कुमारी कर्णले समेत केन्द्रित शासन लागू गरेको विरोधमा कुनै पनि दलको नेतालाई पक्ष वा विपक्षमा मतदान नगर्ने हाउसबाट घोषणा गरिन्। मधेश प्रदेशसभामा १०७ सांसदमध्ये ३ सांसद हाल निलम्बित छन्।
हाल प्रदेशसभाको कूल सांसद संख्या १०४ मध्ये दुईजना जनस्वराज पार्टीका सांसद अनुपस्थित देखिए । जनमतबाट विभाजन भएर नयाँ पार्टी बनेका जनस्वराजका दुई सांसद पूर्व मुख्यमन्त्री सतिष कुमार सिंह र त्रिभुवन साह अनुपस्थित थिए। यता नागरिक उन्मुक्ति पार्टीले सोनारलाई विश्वासको मत दिने निर्णय गरेको थियो। तर, संघीय समाजवादी पार्टीकी विमला अन्सारी अनुपस्थित रहेकी थिइन्।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा