उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीद्वारा आयोजित तत्स्थान कविता लेखन तथा वाचन प्रतियोगितामा प्रतिभा माविकी छात्रा करिना काफ्ले प्रथम भएकी छन् ।
प्रतियोगितामा त्रिवेणी सेकेण्डरी स्कूलकी दियन्का गुरूङ द्वितीय र सगरमाथा स्कूलका कृतज्ञ अधिकारी तृतीय भए । हिल प्वोइन्ट सेकेण्डरी स्कूलका आशिष लामिछानेले सान्त्वना स्थान प्राप्त गरे ।
प्रतियोगितामा सहभागीहरूलाई ‘स्वप्न सम्मेलन र खरानीमा देश’ शीर्षक दिएर कविता लेख्न लगाइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि अग्रज कवि तीर्थ श्रेष्ठले कविता र यसका आयामबारे परिचर्चा गरेका थिए । सानैदेखि विद्यार्थीलाई साहित्यमा अभिरुची जगाउनका लागि यस्ता कार्यक्रम निकै फलदायी हुने बताउँदै कवि श्रेष्ठले नयाँ पुस्ताको प्रतिभाको खुलेर प्रशंसा गरे ।
प्रतियोगिताको निर्णायकहरूमा कवि इश्वरमणि अधिकारी र लक्ष्मण थापा रहेका थिए ।
हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डा. ढाकाराम कँडेलले स्वागत तथा प्रतियोगिता संयोजनसमेत गरेका पुनर कुँवरले सुञ्चालन गरेका थिए ।
प्रतिभा माविले सर्वोत्कृष्ट हुन सफल विद्यार्थी करिनालाई बधाई ज्ञापन गरेको छ ।

Screenshot
सम्बन्धित खबर
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा