नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा अब कुनै पनि प्रकारको हिंसात्मक र विध्वंसात्मक गतिविधि हुन नदिने बताएका छन्।
उनले नेकपा (एमाले) जनताको सुरक्षाका लागि उभिने भन्दै अब कसैले पनि असुरक्षित महसुस गर्नुनपर्नेमा जोड दिए।
आइतबार राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अब कोही पनि देशमा नडराउनुस्, नेकपा एमाले छ।’
उनले देशमा अब उप्रान्त कसैका घर वा उद्योग जलाउन र पसल लुट्न नदिइने बताए। ‘देशमा अब उप्रान्त कसैका घर जलाउन दिइने छैन, कसैका उद्योग जलाउन दिइने छैन, कसैका पसलहरू, डिपार्टमेन्टल स्टोरहरू लुट्न दिइने छैन,’ उनले भने, ‘नेकपा एमालेले अब त्यसको प्रबन्ध गर्नेछ।’
जेन-जी आन्दोलनबारे अध्यक्ष ओलीले केही आपराधिक तत्वले युवाहरूको नाममा प्रतिगामी र आतंककारी क्रियाकलाप गरेको आरोप लगाए।
‘जेन-जी त १२ बजे नै आन्दोलन टुंग्याएर फर्किसके,’ उनले भने, ‘केहीलाई छेकेर लगियो त्यहाँ गोली चलाउने ठाउँमा। अरुले उपद्रव गरे, गोली जेन-जीलाई लाग्यो।’
उनले यस्ता गतिविधिले देशको अर्थतन्त्रलाई २५ वर्ष पछाडि धकेलेको सुनाए। ‘देशमा यत्रो १६ सय संरचनाहरू जलाएर २५ वर्ष देशको अर्थतन्त्र पछाडि पर्यो,’ उनले भने, ‘सिंहदरबार जलाएर के उपलब्धि हुन्छ ? धान फल्छ ? कुनै कम्प्युटरको विकास हुन्छ ?’
अध्यक्ष ओलीले उद्योग र कलकारखाना बन्द हुँदा मजदुरहरू बेरोजगार भएको र उनीहरूका छोराछोरी विद्यालय छाड्न बाध्य भएको उल्लेख गरे।
उनले जनताको सुरक्षाको प्रत्याभूति नभएको अवस्थामा नागरिक आफैँ आफ्नो सुरक्षाका लागि अग्रसर हुनुपर्ने स्थिति आएको बताए। एमालेले देशमा कसैलाई पनि असुरक्षित हुन नदिने र त्यसको व्यवस्थापन गर्ने उनले प्रतिबद्धता जनाए।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा