व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध लड्न आफूले सहयोग गर्ने भन्दै सुकुम्बासीहरूलाई उक्साएका छन्।
आइतबार मनोहरा सुकुम्बासी बस्तीमा पुगेका प्रसाईंले त्यहाँ भेला भएका मानिसहरूलाई सम्बोधन गर्दै शाहविरुद्धको संघर्षमा आफ्नो साथ रहने र शाहले बस्ती भत्काएमा उनको घरमा गएर परिवारमाथि जाइलाग्न उक्साएका हुन्।
‘उसको बुढीको गाडी एकछिन रोक्दा सिंहदरबारमा आगो लगाउने ? उसको बच्चाचाहिँ बच्चा, तपाईंहरूको बच्चाचाहिँ बच्चा होइन ?,’ प्रसाईंले सुकुम्बासी उक्साउँदै भने ‘उसको श्रीमती श्रीमती, तपाईंहरूको श्रीमती, श्रीमती होइन ?’
काठमाडौं महानगरपालिकाले नदी किनारका बस्ती खाली गर्न दिएको एक हप्ताको अल्टिमेटम सकिनै लाग्दा प्रसाईं सुकुम्बासीहरूको समर्थनमा देखिएका हुन्।
प्रसाईंले राजनीतिक दलहरूले सुकुम्बासीलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेको आरोप लगाउँदै आफूले भोट नमाग्ने तर सबैलाई पक्की घर दिलाउन सहयोग गर्ने आश्वासन दिए।
उनले आफ्नो अभियान भोटका लागि नभई व्यवस्था परिवर्तनका लागि भएको दाबी गरे। व्यवस्था परिवर्तन भएपछि भूमिहीनहरूको भूमिको व्यवस्थापन गर्ने जिम्मा आफूले लिने उनले प्रतिबद्धता जनाए।
साथै, सम्पूर्ण दल र बालेनलाई आफूले ठेगान लगाउने चेतावनी दिँदै सुकुम्बासीलाई हटाउन आउनेको परिवारलाई पनि त्यस्तै व्यवहार गर्ने धम्की दिए।
प्रसाईंले मेयर शाह र उनका सहयोगी भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन २ करोड रुपैयाँ लिएको आरोप समेत लगाएका छन्। साथै, उनले आगामी मङ्सिर ७ गतेदेखि सुरु हुने आफ्नो ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं’ अभियानमा समर्थन जनाउन पनि आह्वान गरे।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा