काठमाडौं । नेकपा एकीकृत समाजवादीकै नाम, झण्डा र चुनाव चिह्नसहित पार्टी पुनर्गठन गर्ने भनेको घनश्याम भुसाल समूहले फरक नाम र चुनाव चिह्नसहित आइतबार निर्वाचन आयोग पुगेको छ ।
नेकपा (एकीकृत समाजवादी) का तत्कालीन महासचिव घनश्याम भुसाल पक्षले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको हो ।
उक्त पार्टीका स्थायी समिति सदस्य डा. विजयकुमार पौडेलसहितको टोली आइतबार आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएको हो । दल दर्ताका लागि आयोगमा पेश गरिएको निवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (वामपन्थी केन्द्र) रहेको छ भने चुनाव चिह्न सूर्यमुखी फूल प्रस्ताव गरिएको छ ।
संयोजक राजकुकमार कक्षपती (प्यूठान) र सह–संयोजकमा नन्दलाल बञ्जाडे (रुपन्देही) रहेको प्रस्तावित दल २६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ ।
केन्द्रीय सदस्यमा सुस्मा राई (भोजपुर), योगेन्द्र बस्नेत (ओखलढुंगा), निलम ढुंगेल (मोरङ), मुकुन्दबहादुर रोका (प्यूठान), नरेशप्रसाद न्यौपाने (अछाम), प्रकाश श्रेष्ठ (धादिङ), लोककृष्ण दाहाल (भक्तपुर), समीर गौतम (गुल्मी), नविनकुमार कक्षपती (प्यूठान) रहेको छन् ।
यस्तै सदस्यमा एन्जिसराज प्रसाई (काठमाडौं), मिरा श्रेष्ठ (रुपन्देही), लक्ष्मी गिरी (प्यूठान), नारद उपाध्याय (कालिकोट), अर्जुनकुमार अधिकारी (दाङ), विमल नेपाली (दाङ), प्रचण्डमान श्रेष्ठ (तनहुँ), सुकुन्दरी श्रेष्ठ (प्यूठान), प्रेमबहादुर तारामी (सुर्खेत), ठगेन्द्रबहादुर रसाइली (झापा), जानुका श्रेष्ठ (महोत्तरी), रेशा दुलाल (ललितपुर), सविता तामाङ काठमाडौं, लक्ष्मीदेवी शर्मा (रुपन्देही) र भीम बस्नेत (मोरङ) छन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए