काठमाडौँ — मधेश प्रदेशको प्रमुख सुमित्रा सुवेदीलाई पदबाट हटाउने निर्णय सरकारले गरेको छ।
मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
गत शनिबार मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्रप्रसाद सोनार (सोनल)ले राजीनामा दिएपछि सोमबार बिहान ४ बजे बर्दिबासको पानस होटल प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् ।
मधेशमा सत्ता राजनीतिको खेलमा प्रदेश प्रमुख सुवेदी विवादमा मुछिएपछि सरकारले उनलाई हटाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।
प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस
यसैबीच, सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न सिफारिस गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुमित्रा भण्डारी सुवेदीलाई हटाउन र नयाँ प्रदेश प्रमुखमा लाभलाई नियुक्त गर्न सिफारिस गरेको हो ।
लाभ राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार हुन् । उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्यसमेत भएका थिए । उनले लामो समय जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस(राराव) मा पनि लामो समय प्राध्यापन गरे ।
सम्बन्धित खबर
विशेष महाधिवेशनबाट कांग्रेस सभापति बने गगन थापा, यस्तो छ निर्वाचित कार्यसमिति (सूचीसहित)
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
नेपाली कांग्रेस फुट्यो, गगन, विश्वप्रकाश र फर्मुल्लाह बाहेकलाई पार्टीमा फिर्ता हुन कांग्रेसको अपील
गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्काशनको घोषणा
पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौं : विश्वप्रकाश
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच ४ घण्टा छलफल