काठमाडौं। माओवादीलगाएतका कम्युनिष्ट दलको एकतामा असन्तुष्ट एकीकृत समाजवादीका नेताहरु एमाले फर्किएका छन्।
नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः पार्टीमा स्वागत गर्न सोमबार काठमाडौंमा आयोजित घर फर्क अभियान कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन्।
कार्यक्रममा एकीकृत समाजवादीमा लागेका नेताहरुले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह कलम अध्यक्ष ओलीलाई बुझाएका थिए।
कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता लगाएत एमालेमा फर्किएका थिए।
एमाले बिभाजन गरि नेकपा एकीकृत समाजवादी गठन हुँदा झाँक्री लगाएतका नेताहरुले एमाले छाडेका थिए। एमाले छाडेको चार वर्ष पछि अध्यक्ष ओलीले पुनः उनीहरुलाई एमालेमा स्वागत गरेका हुन्।
जेनजीहरूका लागि एमालेको चारै वटा ढोका खुला छ
आफ्नो मुलघर नेकपा एमालेमा फर्किएकी झाँक्रीले जेनजीहरुलाई पनि पार्टीमा आउन आग्रह गरेकी छन् । उनले जेनजी आन्दोलनपछि जेनजीकै नाममा विभिन्न पार्टीहरु बनाएको तर त्यसको भविष्य सुनिश्चित हुने नहुने अनिश्चित रहेको भन्दै एमालेमा आउन आग्रह गरेकी हुन् ।
झाँक्रीले जेनजीहरुलाई प्रवेशका लागि एमालेका चार वटै ढोका खुला गरेको टिप्पणी समेत गरेकी छन् ।
‘जेनजी साथीहरु तपाईँहरु के गर्नुहुन्छ ? आफ्नै पार्टी बनाउनुहुन्छ, ठिकै छ, हाम्रो शुभकामना छ । कति वटा पार्टी ? धेरै वटा पार्टी बनाउनुहुन्छ भने हाम्रो शुभकामना छ । तर तपाईँ पार्टी बनाउँदै हुनुहुन्न भने पार्टी त हाजिर छ नि ! हामी जस्तै, तपाईँहरुलाई त घर फर्किन परेन, एमालेमा आउनुस् । हर जेनजी साथीहरुलाई प्रवेशका लागि चारै वटा ढोका खुला गरेको मैले महसुस गरेको छु,’ उनले भनिन् ।
झाँक्रीले आफूले जेनजी उमेर समूहमा नेपालको गणतान्त्रिक आन्दोलनका क्रममा गरेको संघर्षको समेत स्मरण गरिन् ।
उनले आफूहरुले त्यस बेलामा सडक संघर्ष गरेको स्मरण गर्दै त्यतिबेला आफूहरुले गरेको हरेक कुरा जिम्मा लिने गरेको तर अहिले जेनजी आन्दोलनपछि कसैले पनि त्यसको जिम्मेवारी लिन नआएको बताइएन् । साथै जेनजी आन्दोलनपछि त्रासदी अवस्थामा नेकपा एमालेकै नेताहरु बाहिर निस्किएपछि आम जनता सडकमा निस्किन सकेको बताइन् ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ