पोखरा। गण्डकीका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले भष्ट्राचारको छानबिन नेकपा एमालेबाट सुरु गर्न आग्रह गरेका छन् ।
जेनजी आन्दोलपछि उत्पन्न परिस्थितिमा लोकतन्त्रको जर्गेना र संविधानको रक्षाका लागि भन्दै नेकपा एमाले पोखरा महानगर कमिटीले मंगलबार पोखरामा प्रर्दशन गरेको र्यालीपछि आयोजित कोण सभामा बोल्दै उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीबाट नै भष्ट्राचारको छानबिन सुरु गर्न आग्रह गरेका हुन् ।
“जेनजी पुस्ताले उठाएको मागप्रति नेकपा एमाले सकारात्मक छ”,उनले भने,“नेकपा एमालेको अध्यक्ष केपी ओलीबाट भष्ट्राचारको छानबिन सुरु गर, गण्डकीमा मबाटै नै छानबिन सुरु गर, एक पैसा पनि भष्ट्राचार। गरेको प्रमाणित भए सम्पूर्ण सजाँय भोग्न तयार छौँ ।”
गत भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले निष्पक्ष छानबिन गर्न नसक्ने दाबी गर्दै अधिकारीले कार्की नेतृत्वको आयोग खारेज गर्नुपर्ने बताए ।
“भदौ २३ गते नै सामाजिक सञ्जालमा गौरीबहादुर कार्कीले केपी ओलीलाई सिंहदरबारबाट निकाल्न्न पर्दछ भनेर लेखेका थिए,” उनले भने,“आन्दोलनलाई उत्तेजित बनाउने कार्की नेतृत्वको आयोगले २ दिनका घटनाको निष्पक्ष छानबिन गर्न सक्दैन, यसलाई खारेज गरेर अर्को स्वतन्त्र आयोग बनाउनु पर्दछ ।”

अधिकारीले जोनजी पुस्ताको आन्दोलनमा हाम्रा छोरा, नाति पुस्ताहरुलाई मार्न तत्कालीन प्रधानमन्त्री केपी ओलीले आदेश दिएको प्रमाणित गरे नेकपा एमाले विघटन गर्न तयार रहेकोसमेत बताए । “तत्कालीन सरकारलाई बदनाम गराउन अनावश्यक आरोप लगाइएको दाबी उनको छ ।
नेपाल सरकारका पूर्व गृह तथा स्वास्थ्य मन्त्रीसमेत रहेका अधिकारीले संविधानलाई लिकमा ल्याउन छोटो समयको लागि संविधान संशोधन गर्नुपर्ने बताए ।
नेता अधिकारीले संविधानको संशोधन संसदबाट मात्रै गर्न सकिने बताए । “असंवैधानिक रुपमा संसद विघटन गरिएको छ”,उनले भने,“नवयुवाहरुको मागलाई पूरा गर्नेगरी संविधान र कानुन संशोधन गर्न नेकपा एमाले तयार छ ।” सुशीला कर्कीे प्रधानमन्त्रीमा नियुत्त पनि कानुन अनुसार नभएको जिकिर गर्दै नेता अधिकारीले छोटो समयको लागि संसद पुनस्र्थापना गरेर प्रतिनिधि सभा सदस्य नभएको व्यक्ति पनि एक पटक प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न सकिने बताए । उनले संसद पुनस्र्थापना गरेर संविधान्लाई लिगमा नलाउँदासम्म चुनाव हुने वातावरण नबन्ने दाबी गरे।
“तत्कालीन राजा ज्ञानेन्द्रले गराएको चुनाव हामीले देखेकै हो”,उनले भने,“निष्पक्ष चुनाव गराउनको लागि संविधानलाई लिकमा ल्याउनु पर्दछ ।” समन्द्रपारीका सामराज्यवादीहरुले नेपाललाई भुटान र सिक्किम बनाउने षड्यन्त्र अनुरुप देशलाई ध्वस्त पारेको आरोप उनले लगाए ।

“तत्कालीन सरकारका प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि सरकारी भवन, निजी सम्पत्तिमा आगजनी भएको छ,”उनले भने,“नेपालको प्राकृतिक सम्पदामा कञ्जा गर्ने नियतले नेपालीलाई नै मतियार बनाएर विदेशीले देशलाई ध्वस्त पार्न खोजेका हुन, अब यसप्रति सबै सचेत हुनुपर्दछ ।” षड्यन्त्र बुनेर नै नेपालको लोकतन्त्रमाथि प्रहार गरिएको उनले जिकिर गरे ।
हाम्रो आमा नेपालको छातिमा विदेशीले परेड खेलेको आरोप लगाउँदै अधिकारीले नेपालले स्वाधिनता र राष्ट्रियताको लागि लामो समय लडाँइ लडेको स्मरण गरे । जेनजी आन्दोलनको समयमा सरकारी भवन, निजी सम्पत्तिमा आगजनी गर्नेलाई समर्थन गर्न नसकिने बताउँदै हिम्सा, अपराध कर्ममा लागेका र कानुन विपरीत गर्नेलाई कारबाही नगरे टोलटोलमा सुरक्षा समिति बनाएर जनताको रक्षाका लागि नेकपा एमाले अगाडि बढ्ने चेतावनी दिए ।
कार्यक्रममा नेकपा एमाले पोखरा महानगर कमिटीका अध्यक्ष जीवन आचार्यले लोकतन्त्रको जर्गेना र संविधानको रक्षाको लागि दबाब दिन कार्यक्रम गरिएको बताए । पोखराको तालचोकबाट सुरु भएको र्याली शिशुवाचोकमा पुगेर सभामा परिणत भएको थियो ।

समाचार तथा तस्वीर श्रोतः नेपालयन्यूज डटकम
सम्बन्धित खबर
कांग्रेस फुट्ने जोखिम बढ्यो, देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’
सुदूरपश्चिम पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साललाई ज्वरो आएपछि हेलिकप्टरबाट काठमाण्डौ लगियो
जेनजी आन्दोलनको सहिदका परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण ऋण
फेसबुकमा नहार्न कार्यकर्तालाई ओलीको निर्देशन
बालेन नेतृत्वको रास्वपा सरकार लक्षित देउवाको आक्रोश : राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ ?
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ