नेकपा एमाले निकट अनेरास्ववियुमा विवाद देखिएको छ। जेनजी आन्दोलनपछि गत भदौ २३ गते पदबाट राजीनामा दिएका डा. सुजन कडरिया पदमा फर्किन खोजेपछि महासचिव दीपक धामीले प्रतिवाद गरेका हुन्।
अध्यक्ष डा. कडरिया जिम्मेवारीमा फर्किएको भन्दै सोमबार कार्यालय समेत प्रवेश गरेका थिए।
तर महासचिव धामीले मंगलबार विज्ञप्ति निकालेर कडरियाले संगठन ध्वस्त पार्ने नियतका साथ राजीनामा दिएको, संगठनलाई खाँचो परेका बेला कायरतापूर्वक भागेको आरोप लगाएका छन्।
कडरिया गत जेठमा भएको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए। महासचिव धामी पनि उनकै समूहबाट निर्वाचित भएका थिए।
‘केही दिनदेखि अनेरास्ववियुको आधिकारिक फेसबुक पेज तथा संगठनको लेटरप्याड समेत दुरूपयोग हुँदै आएका घटनाप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ। जेनजी आन्दोलनपश्चात देशमा घटित परिस्थितिको हवाला दिई दृढतापूर्वक नेतृत्व गर्नुपर्ने बेला संगठन ध्वस्त पार्ने नियतका साथ कायरतापूर्वक राजीनामा दिएर अध्यक्ष पद परित्याग गरेका निवर्तमान अध्यक्ष सुजन कडरियाले गरेको गैरजिम्मेवार, अराजक र अनुशासनहीन हर्कतप्रति अनेरास्ववियु घोर भर्त्सना गर्दछ,’ उनले भनेका छन्।
कडरियाले संगठनको गरिमालाई धुलिसात गर्ने, आफ्नो निहित स्वार्थका लागि संगठनको गरिमा माथि बुट बजारेको आरोप धामीले लगाएका छन्।
‘अनधिकृत रूपमा संगठनको केन्द्रीय कार्यालयमा प्रवेश गरी तोडफोड गर्ने जस्ता अराजक र अराजनीतिक गतिविधिहरू तुरून्तै बन्द गर्न अनेरास्ववियु चेतावनी दिन चाहन्छ,’ महासचिव धामीले भनेका छन्।
संगठनप्रति आस्थावान आम कार्यकर्ताहरूलाई यस्ता क्रियाकलापबाट टाढा रहन र राजनीतिक नैतिकता गुमाइसकेको व्यक्तिलाई स्थापित गर्न र संगठनको आन्तरिक जीवनमा विभाजन नल्याउन उनले भनेका छन्।

सुजनको बचाउमा भने उपमहासचिव कमल जोशी उभिएका छन् ।
उनले विद्यार्थीमाथि गोली चल्दा नैतिकताको आधारमा अध्यक्षले राजीनामा दिनु स्वभाविक कदम भएको बताएका छन् ।
पार्टी केन्द्रिय समिति सदस्यसहित थुप्रै नेताहरुले राजीनामा दिँदा पनि पार्टीले त्यसलाई अस्वीकार गरेको अवस्थामा विद्यार्थीहरुसँग प्रत्यक्ष सरोकार राख्ने संगठनका अध्यक्षविरुद्ध कारबाही नहुँदा आफ्नो पद र जिम्मेवारीको ख्याल नगर्ने महासचिवको रवैयाले संगठनभित्र ध्रुविकरण बढ्दै गएको उनको भनाई छ ।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा