कम्युनिष्ट नेता भीम रावल र उनी नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ।
काठमाडौंको पेरिसडाँडामा बुधबार एक कार्यक्रम गरी मातृभूमि जागरण अभियान नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको हो। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित १० दलबीच एकीकरण भएको एकसाता पछि रावल पनि नेपाली कम्युनिष्ट दलमा प्रवेश गरेका हुन् । नयाँ दलको संयोजकमा पुष्पकमल दाहाल, सहसंयोजकमा माधवकुमार नेपाल, तेस्रो वरीयातामा झलनाथ खनाल, चौथो वरीयातामा बामदेव गौतम रहेका छन् ।
माओवादीकै नारायणकाजी श्रेष्ठलगायत, एकीकृत समाजवादीका नेताहरुको समेत वरीयाता र जिम्मेवारी निर्धारण नभएको अवस्थामा रावल पनि बिना वरीयाता र जिम्मेवारी नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाल, सहसंयोजक नेपाल र रावलले हस्ताक्षर गरेको ७ बुँदे सहमतिपत्रको चौथो नम्बरमा भनिएको छ, ‘नेपाली कम्युनिष्ट पार्टीमा भातृभूमी जागरण अभियान, नेपालका संयोजक डा.भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने ।’
दुई समूहबीच भएको सहमतिपत्रमा आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने, पार्टीको विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरु आपसमा मिलेर तयार गर्ने लगायत बुँदा समेटिएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएपछि नेकपा एमालेले नेता रावललाई गत वर्षको पुस १० गते साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको थियो । सोपछि उनले मातृभूमी जागरण अभियान, नेपाल चलाएका थिए । आफूलाई नेकपा (एमाले) कै कार्यकर्ता भएको बताउँदै आएका उनी एमालेले निस्कासन गरेको दश महिनापछि नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् । यद्यपि उक्त दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन भने दिएको छैन ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण