मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल र दलहरूबीचको विवाद उत्कर्षमा पुगेको छ।
सभामुख मण्डलले बिहीबार लगातार १० बैठकसम्म अनुपस्थित भएको भन्दै पाँच सांसद पदमुक्त गर्ने निर्णय गरेका थिए। सभामुखले उर्मिला देवी सिंह, मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार, सारदा शंकरप्रसाद कलवार कारबाहीमा परेका थिए।
कारबाहीमा परेका सांसद सिंह नागरिक उन्मुक्ति पार्टीकी हुन्। सुमन, यादव र कलवारद्वय जसपाकै सांसद हुन्।
समाभुख मण्डल नेकपा (एमाले)का हुन्।
सभामुखविरूद्ध सात दलका ७४ जना सांसदले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव दर्ता गरेका थिए।
त्यसपछि उनले प्रतिशोध स्वरूप सांसद कारबाही गर्ने कदम उठाएको भन्दै उपसभामुख बबिताकुमारी राउव ईशरले उक्त निर्णय बदर गरेको बताएकी छन्।
‘यस मधेस प्रदेश सभा सचिवालयको कात्तिक २७ गतेको पाँच जना माननीय प्रदेश सभा सदस्यहरूको पदरिक्तसम्बन्धी सूचना सभामुखले आफूमाथि कात्तिक २७ गते प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८० को उपनियम २ (क) बमोजिम सभामुखको विरूद्ध पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव उपसभामुख समक्ष पेश गरिनुपर्ने व्यवस्था भएबमोजिम प्रस्ताव पेश भइसकेको र सोको उपनियमत (३) बमोजिम छलफलको लागि मिति समय तय हुन बाँकी रहेको अवस्थामा प्रस्तावको प्रतिशोध स्वरूप आवेगमा गरेको निर्णय हो,’ उनले भनेकी छन्।
कारबाहीमा परेका सांसदहरू पछिल्लो पटक विश्वासको मत लिने बैठकमा उपस्थित भएको देखिएको हुँदा कारबाहीको सूचना बदर गरिएको उनले बताएकी छन्।
सम्बन्धित खबर
कानुनमन्त्री सोबिता गौतमको तथ्यहीन तर्क
बालकोटको भग्नावेशषबाट राधिकाको टिप्पणी- खराने ग्याङको योजना जलाउने थियो
भदौ २४ को मुलुक विध्वंशकारीलाई किन उन्मुक्ति दिइँदैछ ?: केपी ओली
सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ: उद्योगमन्त्री
गगन थापाको प्रश्न- सिंहदरबार र अदालत जलाउनेलाई कसले जोगाउँदै छ ?
‘गहिरो चोटमा परेको मानिसले भगवानलाई त सराप्छ यो सरकार र रास्वपा के हो ?’- रवि लामिछाने
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम