पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको आक्रमणप्रति सरकारको मौनताप्रति तीव्र असन्तुष्टि प्रकट गरेका छन्।
जेनजी आन्दोलनका क्रममा खनालको घरमा आगजनी गरी चित्रकारमाथि हत्या प्रयास गरिएको थियो। चार दशकसम्म फिजिक्सकी प्राध्यापक रहेकी चित्रकार गम्भीर घाइते भई हाल अस्पतालमा उपचाररत छिन्।
खनालले प्रधानमन्त्रीको घोषणामा चित्रकारको नामसमेत उल्लेख नभएको भन्दै प्रश्न गरे, ‘सरकारले जेनजी आन्दोलनका मृतक र घाइतेको छानबिन, सहिद घोषणा र निःशुल्क उपचारको कुरा गर्यो, तर मेरी श्रीमतीको कुरा किन बिर्सियो? उहाँ ४० वर्ष देशका विद्यार्थीलाई पढाउने प्राध्यापक हुनुहुन्छ। हत्या प्रयासबाट ज्यान जोगियो, तर अहिले अस्पतालमा हुनुहुन्छ। उहाँ घाइते होइन?’
खनालले सरकारको दोहोरो मापदण्डप्रति पनि गुनासो गर्दै भने, ‘३ करोड जनताको तर्फबाट प्रधानमन्त्रीलाई सोध्छु- उहाँ घाइते हुनुहुन्छ कि होइन? उपचार सरकारको दायित्व होइन? आजसम्म न सोधिएको छ, न खर्चबारे चासो देखाइएको छ।’
जेनजी आन्दोलनका क्रममा खनालको निवासमा आगजनी हुँदा सम्पूर्ण घर र सम्पत्ति नष्ट भएको छ। ‘मेरो घर खरानी बनाइयो, सबै सम्पत्ति सकियो। दुई बैंक खाता थिए, तर राख्ने पैसा छैन,’ उनले दुःख व्यक्त गरे।
खनालले आफूले ७० रोपनी जग्गामध्ये ५५ रोपनी सरकारलाई उपलब्ध गराएको उल्लेख गर्दै भने, ‘इलामको सिटिइभिटी कार्यालय त्यही जग्गामा बनेको छ। यस्तो व्यक्तिको श्रीमती घाइते होइनन्? सरकारको दायित्व होइन र उपचार ?’
खनालले पूर्वप्रधानमन्त्रीकी श्रीमती भएकै कारण सरकार मौन बसेको आरोप लगाउँदै यो प्रश्न व्यक्तिगत नभई नैतिक र राष्ट्रिय जिम्मेवारीको विषय भएको बताए। उनको भनाइमा छ, ‘यो योगदान दिने नागरिकको सुरक्षा र सम्मानमा राज्य असफल भएको उदाहरण हो।’
‘म सरकारसँग उत्तर चाहन्छु- मेरी श्रीमतीको उपचार राज्यको दायित्व होइन भने कसको हो?’
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु