काठमाडौँ : आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आगामी माघ ६ गते हुने भएको छ ।
आयोगले आइतबार सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार सोही दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सक्नेछन् ।
आयोगले सबै राजनीतिक दल, स्वतन्त्र उम्मेदवार तथा सर्वसाधारणलाई आचारसंहिता पालनासहित निर्धारित स्थानबाटै मनोनयन दर्ता गर्न आग्रह गरेको छ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनविरुद्ध उजुरी दिन सकिनेछ । उजुरी तथा मनोनयन पत्रको जाँचबुझ माघ ७ को दिउँसो ३ बजेबाट माघ ८ गते बेलुका ५ बजेसम्म हुनेछ । त्यसपछि माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म अन्तिम नामावली प्रकाशित गरिनेछ ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने समय दिइएको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ मंसिर २१ देखि २३ गतेसम्म राजनीतिक दलले निवेदन पेश गर्नुपर्नेछ । मंसिर २४ गते दलहरूको नामावली प्रकाशित गरिनेछ । पौष १३ र १४ गते दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्नुपर्नेछ भने माघ २० गते बन्दसूची अन्तिम रूपमा प्रकाशित हुनेछ।
स्वीकृत कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभरका मतदान केन्द्रमा मतदान हुने छ । निर्वाचन आयोगका अनुसार आगामी दिनमा निर्वाचन अभियान, मतदाता शिक्षा, मतदान केन्द्र निर्धारणलगायतका गतिविधि क्रमिक रूपमा अघि बढाइने छ ।

सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण