काठमाडौँ —कांग्रेसले ११ माघमा हुने राष्ट्रिय सभा र २१ फागुनको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र दस्तखत निर्वाचन आयोगमा बुझाएको छ ।
देउवाले २८ असोजमै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर सक्रिय राजनीतिबाट अलग हुने सन्देश दिए पनि उनलाई नै सभापतिमा राखेर कांग्रेसले दल दर्ताको निवेदन दिएको हो ।
योसँगै आगामी निर्वाचनका लागि देउवाले नै उम्मेदवारको टिकट बाँड्ने आकलन कांग्रेस नेताहरूले गरेका छन्।
निर्वाचनमा सहभागी हुने र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय शनिबारको केन्द्रीय कार्यसमितिको बैठकले गरेको थियो । त्यही बैठकको निर्णय, सभापतिको नाम, थर, पद र हस्ताक्षरसहित दल दर्ताको निवेदन पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले निर्वाचन आयोगमा बुझाएका छन् । दल दर्ता गर्दा आफ्नो नाम अघि सारेर सभापतिमा देउवाले आसन्न निर्वाचनको टिकट वितरणमा आफैं सक्रिय हुने सन्देश प्रवाह गरेका हुन् ।
खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएयता महाधिवेशन निर्वाचन अगाडि गर्ने कि पछाडि भन्ने विवादमै कांग्रेस रुमल्लिइरहेको छ ।
यसबीचमा कार्यवाहक सभापति खड्काको निर्णय क्षमतामाथि पनि प्रश्न उठ्न थालेको थियो । सिंगापुरमा उपचार गराएर फर्किएपछि देउवाले पार्टी नेताहरूसँग परामर्श थालेका थिए । दल दर्ताको निवेदनमा सभापति देउवाकै नाम राखिएपछि उनकै योजनामा पार्टी महाधिवेशन धकेल्न खोजिएको आशंका बलियो बनेको इतर पक्षले जनाएको छ ।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह