काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशनको मूल नारा तय गरेको छ । च्यासलमा बसेको महाधिवेशन सचिवालय बैठकले महाधिवेशनको तयारी योजनासहित विभिन्न निर्णय गरेको छ ।
जसअनुसार ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ मूल नारासहित एमाले महाधिवशेनमा जानेछ । यही मंसिर २७-२९ मा एमालेको महाधिवेशन हुँदैछ ।
महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा हुने भएको छ । उद्घाटनपछि हुने बन्दसत्रलगायतका सबै कार्यक्रम भृकुटीमण्डपमा हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
महाधिवेशनका लागि मंसिर ७ गतेदेखि नै हरेक निर्वाचन क्षेत्र विभागमा प्रक्रिया सुरु भइसकेको हुनाले जानकारी दिए । यसपटकको महाधिवेशनमा नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले मंगलबार आफू अध्यक्षका लागि उम्मेदवार हुने घोषणा गरेका छन्। महाधिवेशन प्रतिनिधि चयनका लागि संस्थापन पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच रस्साकसी चलेको छ।
जिल्ला-जिल्लामा आ-आफ्नो पक्षको महाधिवेशन प्रतिनिधि चयन गर्न नेताहरूले लबिङ सुरु गरेका छन्।
महाधिवेशनको तयारीका लागि बनेका १२ उपसमितिले अहिलेसम्म भएगरेका कामको प्रगतिबारे जानकारी गराउनुको साथै योजना प्रस्तुत गरेको गौतमको भनाइ छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण