प्रधानमन्त्री सुशीला कार्कीले सचिवालय तथा विज्ञ समूहको आकार घटाएकी छन् । अहिले सचिवालयमा २० जना कार्यरत रहेकोमा १४ जनालाई हटाएर ६ जनालाई मात्रै राख्ने निर्णय भएको छ ।
प्रधानमन्त्री सचिवालयमा अब एक जना मुख्य सल्लाहकार, एक जना जनसम्पर्क सल्लाहकार, एक जना प्रमुख स्वकीय सचिव, एक जना प्रेस संयोजक, एक जना फोटोग्राफर र एक जना जनस्वास्थ्य विज्ञ गरी ६ जना मात्र रहनेछन् ।
यद्यपि, प्रधानमन्त्री कार्कीले विवादित प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई भने हटाएकी छैनन् । पहुँचको दुरुपयोग गरी श्रीमतीलाई सचिवालयमा जागिर लगाएको भन्दै उनको आलोचना भइरहेको थियो । योसँगै प्रधानमन्त्री कार्की विवादमा तानिएकी थिइन् ।
जेन–जीले समेत श्रेष्ठलाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएका थिए । तर, प्रधानमन्त्री कार्कीले भने जेन–जीको मागमा सही थाप्ने सचिवालयका कर्मचारीलाई हटाएर श्रेष्ठलाई भने कायमै राखेकी हुन् । ज–जसले प्रमुख स्वकिय सचिव श्रेष्ठलाई हटाउनुपर्छ भनेर भने, उनीहरू नै हटाइएको बताइन्छ ।
व्यापक आलोचनापछि श्रेष्ठकी श्रीमती संगीतालाई भने प्रधानमन्त्रीले हटाएकी छन् । श्रेष्ठसहित, कमला श्रेष्ठ, रमेशराज दाहाल, अर्जित खड्का, आकृति घिमिरे, सृष्ट ढुंगेल, पुनम श्रेष्ठ, जुनु कार्की, एन्जिला कायस्थ, रविना श्रेष्ठ, हरिबाबु श्रेष्ठ, मिरा अधिकारी, प्रदिप ज्ञवाली र अरुण कटुवाललाई सचिवालयबाट हटाइएको हो ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा