राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विवेकशील साझा पार्टीसँग एकता घोषणा गर्दा आज पार्टी सभापति रवि लामिछानेको तस्बिर नराखी गरेको छ ।
यसअघिका सम्पूर्ण कार्यक्रममा सभापति लामिछानेको तस्बिर राख्ने गरेको रास्वपाले अहिले किन राखेन भनेर रास्वपाका नेताले आपत्ति जनाएका छन् ।
सभापतिको तस्बिरलाई रास्वपाले ट्रेड मार्ककै रुपमा राख्ने गरे पनि अहिले नराख्दा पार्टीको गतिविधि माथि नै प्रश्न गर्दै रास्वपा नेता यज्ञमणि न्यौपानेले असन्तुष्टि जनाएका हुन् ।
उनले सभापतिको फोटो राखेरै एकता सन्देश दिने मन हुँदाहुँदै पनि किन राखिएन भन्दै प्रश्न पनि गरेका छन् ।
उनले सभापतिसँग माफी माग्दै एकता सन्देशले राम्रो सन्देश प्रवाह गरे पनि फोटो छुट्नु दु:खद भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘माफ पाउँ सभापति ज्यू, हजुरको फोटो राखेर एकताको सन्देश दिने मन हुनेहरु सँग त्यो कार्यक्रमको मोडालिटी कायम गर्ने इजाजत थिएन । जससँग अधिकार र इजाजत थियो उहाँहरुले राख्नुभएन। तथापि सभापतिज्यू एकता भयो राम्रो भयो। अब कुलमान, बालेन, हर्क र गोपी हमालसँग पनि वार्ता संवाद गर्नुपर्छ। अनि एकता गर्नुपर्छ। राज्य सत्ताले तपाईँलाई जबरजस्त राखेको थुनाबाट मुक्त गर्नुपर्छ ।अनि बन्छ देश, अनि बनाइन्छ देश, यही आशा र भरोसँग बाँचेका छौं सभापतिज्यू।’
न्यौपानेको यो धारणामा पक्ष र विपक्षमा कमेन्ट आउने क्रम जारी छ। यस विषयमा पार्टीपंतीले भने केही धारणा सार्वजनिक गरेको छैन ।
सम्बन्धित खबर
प्रधानमन्त्री बालेनले भने- ‘बाढीपीडितलाई हियाउनु अपराध हो, अपराधीहरूप्रति सरकार निर्मम हुन्छ’
देशमा अन्योल र अनिश्चयको भूमरीको अवस्था छ: प्रचण्ड
माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार
बेत्रावतीमा बाढीले पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार
बाढीपछि उद्धारमा खटिएका पूर्व कप्तान भरत खवास नेपाली सेनाको मेजरमा बढुवा, फिल्डमै दर्ज्यानी चिन्ह प्रदान
दार्चुलाको अपि हिमाल मार्गमा पनि पहिरो खस्यो, आधा घण्टा पूर्ण रूपमा थुनियो चमेलिया नदी
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब