सरकारले प्रत्येक वर्षको भदौ २३ लाई जेन–जी सहिद दिवसको रुपमा मनाउने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। उनकाअनुसार गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा भएका परिवारका सदस्यहरूलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय समेत भएको छ।
उनले आगामी माघ १ गतेदेखि एकैपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदविक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत मात्र गर्नेगरी गर्नेगरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको पनि बताए।
यी हुन् मन्त्रिपरिषद्का निर्णय
२०८२ माघ १ गतेदेखि एकैपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तिय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नेगरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरिएको छ।
त्यस्तै श्रीलंकामा हालै भीषण वर्षाका कारण आएको बाढी तथा पहिरोले धनजनको ठूलो क्षती भएको सन्दर्भमा नेपाल सरकारको तर्फबाट श्रीलंका सरकारलाई सहायता स्वरुप दुई लाख अमेरिकी डलर उपलब्ध गराउने निर्ण भएको छ।
विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गर्ने निर्णय भएको छ।
प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा कुमार शर्मा आचार्यलाई मनोनयन गर्ने निर्णय भएको छ।
कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको छ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको क्रममा मृत्यु भई शहीद घोषणा भएका व्यक्तिका परिवारलाई गृह मन्त्रालयले फोटोसहितको परिचयपत्र उपलब्ध गराउने र प्रत्येक वर्ष २३ भदौलाई जेनजी शहीद दिवसको रुपमा मनाउने निर्णय भएको छ।
सम्बन्धित खबर
प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन्- मुख्यमन्त्री पाण्डे
दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो
राजमार्गका होटलमा खाना खाँदा यात्रु बिरामी परे चालक र साहुजी दुवैलाई कारबाही गरिने
खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी हुन रोक
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
आफ्नै साथी जस्तो लाग्छ, कमरेड भन्छ, नजिक आउँछ, ग्याम्म छुरी हान्छ: ओली
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु