काठमाडौं : आगामी राष्ट्रिय सभा (माघ ११) र प्रतिनिधि सभा निर्वाचन (फागुन २१) लक्षित गर्दै नेपाली कांग्रेसले उम्मेदवार छनोटको मापदण्ड बनाएर प्रदेश, जिल्ला र क्षेत्रीय कार्यसमितिहरूमा परिपत्र गरेको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्रमा पार्टीका तल्ला संरचनाबाट आकांक्षीहरूको नाम मागिएको छ। मापदण्डमा प्रत्येक निर्वाचन क्षेत्रबाट ३ जनासम्म मात्र आकांक्षीको सिफारिस गर्न सकिने उल्लेख छ।
परिपत्र अनुसार पार्टीका क्रियाशील सदस्यले तोकिएको सहयोग रकम (लेवी) अनिवार्य बुझाएको हुनुपर्नेछ। लेवी नबुझाउने व्यक्तिलाई कुनै पनि तहमा उम्मेदवार बनाइने छैन।
कांग्रेसले जातीय विभेद, घरेलु हिंसा, बाल श्रम र कुनै पनि प्रकारको सामाजिक हिंसा वा विसंगतिमा दोषी ठहर भएकाहरू उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ।
मापदण्ड अनुसार २०७९ सालको प्रतिनिधि सभा वा प्रदेश सभातर्फ समानुपातिक प्रणालीबाट निर्वाचित भएका तथा सो वर्षको बन्दसूचीमा नाम समावेश भएकाहरूलाई यसपालि सिफारिस गर्न पाइँदैन। २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीबाट विजयी भएका जनप्रतिनिधिहरूलाई पनि यसपटक उम्मेदवार सिफारिस गर्न नपाइने मापदण्डमा उल्लेख छ।
कांग्रेसले तोकेको उम्मेदवार मापदण्ड (मुख्य बुँदाहरू)
-जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य सामाजिक अपराधमा दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न अयोग्य।
-२०७९ मा प्रतिनिधि सभा वा प्रदेश सभातर्फ समानुपातिकबाट सांसद बनेका तथा बन्दसूचीमा परेका व्यक्तिहरू सिफारिसमा समावेश नहुने।
-एक क्षेत्रबाट ३ जनाभन्दा बढी आकाङ्क्षी सिफारिस गर्न नपाइने।
-एक व्यक्तिले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभा—मध्येको एक पद का लागि मात्र आवेदन दिन पाउने।
-नागरिकता र मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य।
-समानुपातिक उम्मेदवारका लागि—नागरिकता, मतदाता परिचयपत्र, नामावली निस्सा, पार्टीको प्रतिबद्धता पत्र, निर्वाचन आयोगको स्वघोषणा पत्र, व्यक्तिगत तथा सम्पत्ति विवरण अनिवार्य।
-२०७९ मा स्थानीय तहमा विजयी भएका जनप्रतिनिधिहरूलाई यसपटक सिफारिस गर्न नपाइने।
-पार्टी विधान अनुसार तोकिएको लेवी बुझाएका सदस्य मात्र उम्मेदवार बन्न योग्य।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा