शिक्षामन्त्री महावीर पुनले राष्ट्र,राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई तथ्य बुझेर मात्रै कुरा गर्न सुझाव दिएका छन्।
२० लाखमुनिका ऋण मिनाह गर्ने, ६ लाख जनतालाई कालो सूचीबाट हटाउने, सेना प्रहरीको तलब मासिक १ लाखसम्म पुर्याउने प्रसाईंको अभिव्यक्तिप्रति लक्ष्य गर्दै मन्त्री पुनले तथ्य बुझेर मात्रै बोल्न आग्रह गरेका हुन्।
बजेट अभावकै कारण शिक्षकहरूलाई स्थानीय भत्ता र महँगी भत्ता खुवाउन नसकेको अवस्थामा ती ऋण मिनाह गर्ने कुरा हावादारी रहेको मन्त्री पुनले बताएका हुन्।
‘कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाइले – शिक्षा मन्त्री भएर पैसाको अभावमा मैले धेरै शिक्षकहरूलाई स्थानीय भत्ता र महंगी भत्ता खुवाउन सकेको छैन,’ उनले भने।
छाना नभएर र कक्षा कोठा नभएर सहयोग माग्न आउने विद्यालयहरुलाई खाली हात फर्काउन परेकोदेखि शिक्षकको अभाव भएर एक जना भए पनि शिक्षक दिन अनुरोध गर्ने स्कुलहरुलाई शिक्षक पठाउने जगेडा बजेट सरकारसँग नभएको मन्त्री पुनले बताएका छन्।
‘६ लाख जनतालाई कालो सुची वाट हटाउने, सेना प्रहरीको तलब महिनाको १ लाख बनाउने र २० लाख रुपैयाँ भन्दा कमको ऋण मिनाहा गरिदिने काम कसरी गरिदिने?,’ उनले भनेका छन्।
उनले त्यस्ता कुरा गरेर जनता नझुक्याउन पनि आग्रह गरेका छन्।
‘१२ वर्षमा नेपाललाई दक्षिण एशियाको एकदमै धनी देश बनाउने र नेपाललाई सिंगापुर बनाउने भन्ने जस्ता हावा कुरा धेरैले गरेका थिए । यस्तो हावादारी कुरा गऱ्यो भने हाँसोको पात्र भइन्छ,’ उनले भने।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण