धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीले सरकार चलाउने अवसर पाए ५ वर्षभित्र देशको मुहार फेर्ने दाबी गरेका छन्।
उनले तोकिएको समयमा जनताले महसुस गर्नेगरी काम गर्न नसके देशको नागरिकता नै त्याग्ने घोषणा गरेका हुन्।
सोमबार काठमाडौंमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन्। उनले देश बनाउन आफ्नो पार्टीलाई बहुमतको सरकार बनाउने मौका दिन जनतासँग अपिल गरे।
सम्बोधनका क्रममा साम्पाङले भने, ‘श्रम संस्कृति पार्टीले बहुमतको सरकार गठन गर्न पायो भने ५ वर्षभित्र कायापलट हुनेगरी काम गर्छु, जनतालाई ‘फिल’ हुने गरी काम गर्छु, सकिनँ छु भने म यो देशको नागरिकता त्यागेर शरणार्थी बन्छु।’
साम्पाङले आफू शुद्ध र निस्कलङ्क मानिस भएको दाबी गर्दै भ्रष्टाचार नगर्ने कसम खाए। उनले भने, ‘एक पैसा मात्रै पनि भ्रष्टाचार गरेछु, कमिसन र घुस खाएछु भने र त्यो पैसा मेरो मुखमा परेको दिन त्यहीँ मेरो मरण होस्।’
उनले आफ्नो इमानदारिता पुष्टि गर्न साल्पा सिलिचुङ, पाथीभरा, पशुपतिनाथ र स्वयम्भूको कसम समेत खाए।
देश बनाउन बजेट नभई इच्छाशक्ति र जनताको साथ चाहिने उनको तर्क थियो। धरानको उदाहरण दिँदै उनले भने, ‘मलाई काम गर्नका लागि बजेट चाहिँदैन। विना पैसाको एक अर्बभन्दा धेरैको सम्पत्ति जोडिदिएको मान्छे हो म। स्रोत र शक्ति भनेको सबै जनता हो।’
साम्पाङले पार्टीमा पद र पैसाको लोभमा आउन खोज्नेलाई ठाउँ नरहेको स्पष्ट पारे। ‘भ्रष्टाचार गर्न पाइन्छ, यही हो मौका भनेर आउनुभएको छ भने गइहाल्नुस्, म कसैलाई छोड्नेवाला छैन,’ उनले चेतावनी दिए।
आफूले विगत ४ वर्षदेखि फाटेको लुगा लगाएर कठोर श्रम गरेको स्मरण गर्दै साम्पाङले आफू मुखले नभई आत्माले बोल्ने मान्छे भएको र किसान/मजदुरको दुःख बुझेको दाबी गरे।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण