आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जाले जिल्लाबाट ३३ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । जिल्लामा रहेका दुई निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ आकांक्षीहरूको भीड देखिएको छ ।
क्षेत्र नम्बर १ : १५ जनाको सिफारिस
यस क्षेत्रबाट प्रत्यक्षतर्फ ११ जनाले दाबी गरेका छन् । उनीहरूमा धनराज गुरुङ, राजु थापा, मेखलाल श्रेष्ठ, गोविन्दबहादुर रानाभाट, खुमाप्रसाद अर्याल, बुद्धिबहादुर राना (कुमार), इन्द्रबहादुर रिजाल, अजित अधिकारी खेत्री, प्रेमराज पौडेल, भरतराज ढकाल र बन्दना कुमारी लम्साल छन् ।
यस्तै, समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरिएको छ । तुलसी गिरी, धनकुमारी थापा, नारायण ढकाल र दिलिपाश्री अधिकारीको नाम सूचीमा छ ।
क्षेत्र नम्बर २ : १८ जनाको सिफारिस
कांग्रेसको क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ १२ जना आकांक्षी अगाडि आएका छन् । धनराज गुरुङ, गोपालमान श्रेष्ठ, खुमाप्रसाद अर्याल, भागवतप्रकाश मल्ल, मोहनप्रसाद पाण्डे, शेषकान्त पुरी, केदार काफ्ले, विष्णु पौडेल, युवराज पाण्डे, श्याम बस्याल, ध्रुव शर्मा पंगेनी र माया रानाको नाम सिफारिस गरिएको कांग्रेस जिल्ला सभापति राजु थापाले जानकारी दिए ।
यसैगरी, समानुपातिकतर्फ ६ जनाको नाम सूचीबद्ध छ । भूमा शर्मा पाण्डे, तुलसी नेपाली, देवका राना, विमला श्रेष्ठ, लिलबहादुर रनपाल र सूर्य माझी समावेश छन् ।
आगामी चुनावलाई लक्षित गर्दै दुवै क्षेत्रमा आकांक्षीहरूको संख्या धेरै देखिएकोले कांग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा चर्किएको छ । अन्तिम उम्मेदवारको टुंगो भने केन्द्रले गर्नेछ ।
सम्बन्धित खबर
‘रास्वपाको पतन उदय जत्तिकै छिटो हुन्छ’ – एमाले महासचिव पोखरेल
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
संकटको बेला सरकारले नै सर्वदलीय बैठक बोलाउनुपर्थ्यो : शंकर पोखरेल
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
संवेदनशील विषयमा रास्वपा नेतृत्वको सरकार किन समाधानतर्फ अग्रसर हुन सकिरहेको छैन ?: प्रचण्ड
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा