नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औं महाधिवेशन भोलिदेखि भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ ।
‘जेनजी’ आन्दोलनपछि निर्धारित समयभन्दा एक वर्षअघि नै हुन लागेको यो महाधिवेशन आगामी २९ गतेसम्म चल्नेछ । विधान महाधिवेशनले नीतिगत विषय टुंग्याइसकेकाले यसपटकको कुम्भमेला नेतृत्व चयनमा मात्र केन्द्रित हुनेछ ।
महाधिवेशनमा नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । बिहीबार सम्पादकहरूसँगको संवादमा ओलीले आफू पुनः अध्यक्षमा उठ्ने घोषणा गरिसकेका छन् । उता वरिष्ठ उपाध्यक्ष पोखरेलले भने नेतृत्व हस्तान्तरणको मुद्दालाई प्रमुख प्राथमिकता बनाएर चुनौती पेस गरेका छन् ।
मुलुकको युवाशक्तिलाई स्थापित गर्ने दायित्व बोकेको यो महाधिवेशनप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय चासो बढेको छ । राजनीतिक विश्लेषक एवं समाजशास्त्री विदुर तिमल्सिनाले जेनजी आन्दोलनपछिको अवस्थामा प्रतिनिधिको मनोभावनाले नतिजा निर्धारण गर्ने बताए । उनले भने, ‘टाउको गनेर हुँदैन, प्रतिनिधिको मनोभावनाले निर्वाचनमा हारजितको तय गर्छ ।’ उनले पद नपाएपछि गुट बदल्ने र पार्टी चोइटिने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई असर गरेको टिप्पणी गरे ।
महाधिवेशनमा आयोजक, निर्वाचित र मनोनीत गरी २ हजार १ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ७७ जिल्ला र ७ विशेष जिल्ला गरी कुल ८१ वटा जिल्ला कमिटीबाट प्रतिनिधि चयन भइसकेको जानकारी दिए ।
कार्यक्रम स्थल सल्लाघारीस्थित नेपाल ट्रस्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुला चौरमा करिब २ लाख जनसहभागिता गराउने एमालेको तयारी छ । एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले मञ्च व्यवस्थापनलगायतका अत्यावश्यक काम सकिएको र महाधिवेशनलाई उत्सवका रूपमा मनाउन लागिएको बताए ।
नेतृत्वका आकांक्षीहरूले आन्तरिक लबिङ तीव्र पारेका छन् । युवा संघ, अनेरास्ववियु तथा महिला संघका नेताहरू केन्द्रीय कमिटीमा आउन कसरत गरिरहेका छन् भने स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरू पदाधिकारीमा उक्लिने दाउमा छन् । विधान महाधिवेशनले पदाधिकारी संख्या १५ सदस्यीय बनाउने निर्णय गरे पनि आकांक्षी व्यवस्थापन गर्न संख्या बढाउनुपर्ने दबाब ओली पक्षमा परेको विश्लेषण गरिएको छ ।
विसं २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको कम्युनिस्ट पार्टीमा २०७१ सालको नवौं महाधिवेशनबाट ओली पहिलो पटक अध्यक्ष बनेका थिए । २०७८ को दसौं महाधिवेशनबाट दोस्रो कार्यकाल सम्हालेका उनी अहिले तेस्रो पटक नेतृत्वका लागि मैदानमा छन् ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण