काठमाडौँ – तत्कालीन प्रधानमन्त्री केपी ओलीले भदौ २४ गते आफू बालुवाटारबाट नभागेको जिकिर गरेका छन्।
उनले अरुको खुशीका आफूले भागे जस्तो मात्रै गरेको र त्यसबाट ज्यान जोगिएको बताएका हुन्। सम्पादकहरुको प्रश्नको जवाफ दिँदै ओलीले आफू भागेर कहीँ नगएको बस्ने स्थान मात्रै परिवर्तन गरेर बच्चाबच्चीका लागि खुशी दिएको उल्लेख गरे।
ओलीले भने, ‘भाग्यो भाग्यो….बच्चाबच्चीहरू खुसी हुन्छन् के। उनीहरूले खेदे जस्तो गर्छ, आफैँ कुदिदिनुपर्छ। डरैछ डरैछ, भाग्यो भाग्यो भनेर खुसी हुन्छन्।’
भदौ २४ गते सिंहदरबार, संसद भवन सर्वोच्च अदालतसहित प्रधानमन्त्री निवासमा समेत जेनजी प्रर्दशनकारी प्रवेश गरेपछि ओलीलाई सेनाको हेलिकोप्टरले उद्धार गरेर ज्यान जोगाएको थियो। ओली प्रधानमन्त्री हुँदा नै भदौ २३ को जेनजी आन्दोलनमा एकै दिन १९ जना युवाको हत्या गरिएको थियो।
बालुवाटारबाट उद्धार उनलाई मकावनपुरको सुपारीटारस्थित ब्यारेकमा सेनाले रोखको थियो। सुरक्षा स्रोतका अनुसार त्यस दिन केही समय मात्रै ढिलो भएको भए अवस्था जे पनि हुन सक्थ्यो। तर अहिले ओलीले आफू नभागेको तर्क गरेका हुन्।
उनले आफू राजीनामा पछि पनि कार्यवाहक प्रधानमन्त्री रही रहेको राष्ट्रपति, प्रधानसेनापतिसँग भेटिरहेकाले भाग्यो भन्ने अर्थ लगाउन नमिल्ने तर्क गरे।
‘अनि म कार्यवाहक प्रधानमन्त्री चलाइराखेको छु, भाग्यो? म प्रधानमन्त्रीको हैसियतमा काम गरिराखेको छु। मैले राष्ट्रपतिज्यूलाई सिफारिस गरिराख्या छु। राष्ट्रपति, प्रधानसेनापति लगायतका मान्छेहरू भेटिराख्या छु, ओलीले अगाडि भने, ‘अगाडि एउटा परिस्थिति आयो। मैले राजीनामा गरें, तर म केयरटेकर प्राइममिनिस्टर छोड्दै छोडिनँ। भागेर केयरटेकर प्राइममिनिस्टर हुन्छ? भागेको प्रधानमन्त्री प्रधानमन्त्री नै रहन्छ? म त प्रधानमन्त्री नै थिएँ।’
उनले भदौ २४ को विध्वंसको दोष राज्य संयन्त्रलाई लगाए। पूर्ण रुपमा राज्य संयन्त्रमा भर पर्दा आफैँ बालुवाटार छाडेर हिड्नु परेको उनको भनाइ थियो। ओलीले सम्पादकहरुसँग भने, ‘हामीले एउटा कमीकमजोरी के गरेका थियौँ भने हामी राज्य संयन्त्रको सम्पूर्ण रूपमा भर परेनौँ, सेक्युरिटीको मामलामा। कमीकमजोरी त्यहाँ निर भयो।’
देशमा भदौ २४ को विध्वंस हुँदा प्रधानमन्त्री पदमै रहेका ओलीले त्यस दिन राज्य कहाँ थियो भनेर समेत प्रश्न गरे। अब बद्लिएको अवस्थामा देश र जनताको सुरक्षा एमालेले गर्ने उनको भनाइ थियो। ‘हाम्रो घर जलाउँदा त राज्य कहाँ थियो थाहा भएन। भनेपछि, अब एमालेले यो बदलिएको परिस्थितिमा यहाँहरूको घरको पनि सुरक्षा गर्छ तुरुन्तै इन्फर्मेसन पाउँ, ओलीले भने।
सम्बन्धित खबर
मन्त्री पुनलाई जेनजी अभियन्ता अन्सारीको प्रश्न : तपाईं मन्त्री कि लाचार अभियन्ता ?
बालेन नेतृत्वको सरकारलाई ओलीले दिए ‘दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासक’को संज्ञा
सुधनसँग जेन्जी कार्यक्रममा देखिएका आचार्य श्रीनिवासले भनेः तिलक–चन्दन लगाउने हामीलाई क्याबिनेटमा देख्नुहुन्छ
‘रास्वपा नेतृत्वको सरकार पूर्ण रूपमा असफल भइसक्यो’
रास्वपामा उठ्यो ‘राइट टु रिकल’, दस्तावेज लेख्न महामन्त्री आचार्यको नेतृत्वमा समिति गठन
सिरहाबाट लखेटिए’ शिक्षामन्त्री पोखरेल, भने- २ जनाले हल्ला गरेपछि कार्यक्रमबाट बाहिरिएका हौं
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु