काठमाडौँको चम्पादेवी जंगलमा हाइकिङ गएका बेला अचानक हृदयाघात भएर ढलेपछि सेनाको हेलिकप्टरबाट उद्धार गरिएका भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको शल्यक्रिया ग्रान्डी अस्पतालमा सम्पन्न भएको छ।
अस्पताल स्रोतका अनुसार उनको मुटुको देब्रे नशामा ‘म्यासिभ हार्टअट्याक’ भएको हो। ‘आकस्मिक रूपमा उहाँको मुटुमा स्टेन राखेर ब्लकेज खोलिएको छ,’ उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए।
राजदूत श्रीवास्तवको शल्यक्रियामा चिकित्सक नरेश महर्जन र रञ्जित शर्मासहितको टिम संलग्न थियो। ‘सफलतापूर्वक उहाँको मुटुमा स्टेन राखिएको छ, अब सिसियुमा सार्ने तयारी छ,’ एक चिकित्सकले भने।
शनिबार दिउँसो चम्पादेवीको जंगलमा हाइकिङका क्रममा अचानक लडेपछि उनलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको थियो। उनलाई तत्काल उपचारका लागि ग्रान्डी अस्पताल पुर्याइएको थियो।
उनीसहित तीन जनाको टोली शनिबार चम्पादेवी जंगल भ्रमणमा गएका बेला राजदूत श्रीवास्तव अचानक लडेका थिए। उनी लडेकोबारे नेपाली सेनाले जानकारी प्राप्त गरे पनि लोकेसन ट्र्याक गर्न धेरै बेर लागेको सेनाका एक उच्च अधिकारीले जानकारी दिए। सेनाका अनुसार ठूलो संख्यामा नेपाली सेनाका सैनिकहरू उनीहरू तीन जनालाई खोज्न परिचालन भएका थिए।
‘बल्लतल्ल लोकेसन ट्र्याक भएपछि हामीले उहाँको हेलिकप्टरबाट उद्धार गर्यौँ,’ उच्च स्रोतले भन्यो।
उनलाई हेलिकप्टरबाट तत्काल उद्धार गरेर उपचारका लागि टोखास्थित ग्रान्डी अस्पताल पुर्याइएको थियो।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए