केपी शर्मा ओली नेकपा (एमाले) को एघारौं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।
अध्यक्षका अर्का प्रत्यासी बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै ओली तेस्रो पटक पार्टीको बागडोर सम्हाल्न पुगेका छन्।
सार्वजनिक अन्तिम मतपरिणाम अनुसार एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली पक्षको एकछत्र वर्चश्व देखिएको छ। दुई छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएकोमा अधिकांश पदमा ओली प्यानलका उम्मेदवारले बाजी मारेका छन्।
ईश्वर पोखरेलको प्यानलबाट पदाधिकारीमा जम्मा दुई जना नेताले मात्र जित हासिल गर्न सके।
पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र विजयी भएका छन्। सचिव लगायत अन्य महत्त्वपूर्ण पदहरूमा ओली प्यानलका उम्मेदवारहरू नै निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
यस्तै, तत्कालीन नेकपा माओवादीसँग एकता भई पछि फुट आउँदा एमालेमै बसेका नेताहरुले दुवै प्यानलबाट मत पाएको देखिन्छ । उपाध्यक्ष रामबहादुर थापा बादल र उपमहासचिव लेखराज भट्टले राम्रो मत पाए ।
एमाले ११ औं महाधिवेशन मतपरिणाम –
अध्यक्ष (१)
• केपी शर्मा ओली : १६६३ (विजयी)
• ईश्वर पोखरेल : ५६४
उपाध्यक्ष (५)
• पृथ्वी सुब्बा गुरुङ : १७३७ (विजयी)
• विष्णु प्रसाद पौडेल : १६७५ (विजयी)
• रामबहादुर थापा ‘बादल’ : १५१६ (विजयी)
• गोकर्ण राज विष्ट : १३६८ (विजयी)
• गुरु प्रसाद बराल : ११३७ (विजयी)
अन्य उम्मेदवार:
• रघुजी पन्त : १२५८
• बिन्दा पाण्डे : ९२१
• परशुराम मेघी गुरुङ : ४६१
• अरुण नेपाल : ४३९
• टंक प्रसाद कार्की : ३५८
• भीमप्रसाद आचार्य : २६५
महासचिव (१)
• शंकर पोखरेल : १२२८ (विजयी)
• सुरेन्द्र प्रसाद पाण्डे : ९९९
उपमहासचिव (३)
• लेखराज भट्ट : १४५२ (विजयी)
• रघुवीर महासेठ : १३६८ (विजयी)
• योगेश भट्टराई : १३४८ (विजयी)
अन्य उम्मेदवार:
• विष्णु प्रसाद रिमाल : १०९१
• आनन्द प्रसाद पोखरेल : ६३५
• वैजनाथ चौधरी : ५१७
• राजेन्द्र प्रसाद गौतम : २७०
सचिव (९)
• महेश बस्नेत : १५४४ (विजयी)
• पद्मा कुमारी अर्याल : १५३० (विजयी)
• छविलाल विश्वकर्मा : १५०६ (विजयी)
• शेरधन राई : १५०३ (विजयी)
• खगराज अधिकारी : १२३१ (विजयी)
• हिक्मत कुमार कार्की : १३३७ (विजयी)
• यमलाल कँडेल : ११८५ (विजयी)
• राजन भट्टराई : ११८१ (विजयी)
• भानुभक्त ढकाल : ११०८ (विजयी)
अन्य उम्मेदवार:
• गोकुल प्रसाद बास्कोटा : १०३०
• ठाकुर प्रसाद गैरे : ८८३
• रचना खड्का : ८७७
• कर्णबहादुर थापा : ८४७
• अग्नि प्रसाद खरेल : ७१६
• विनोद प्रसाद ढकाल : ६८४
• कृष्ण गोपाल श्रेष्ठ : ६२५
• पेम्बा लामा : ४९३
• लाल बाबु पण्डित : ४९६
• इन्द्रलाल साप्कोटा : ४०५
• पुरुषोत्तम पौडेल : ४६२
सम्बन्धित खबर
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?