काठमाडौँ । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
उनले भोलि ११ बजे काठमाडाैँस्थित माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएकाे ढुङ्गानाले बताए ।
पत्रकार सम्मेलनमा ढुङ्गानाले जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गरेका छन् । उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरे ।
उनले जेनजी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताए । तर सरकारले निर्वाचनको मात्रै रटान लगाइरहेको उनको आरोप छ । आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि भएको उनले बताए ।
उनले वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका समेत व्यक्त गरे । उनले निर्वाचन गराउनुलाई आन्दोलनको ठुलो उपलब्धि नठान्न सरकारलाई आग्रह गरे ।
उनले नेपालमा भएको समस्याको सही समाधान गर्न नसके देश बंगलादेशको स्थितिमा पुग्ने बताए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए