काठमाडौँ — फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउन सरकार र तीन दलबीच समझदारी भएको छ ।
शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा कुराकानी भएको हो । राष्ट्रपति पौडेलले नै छलफल डाकेका हुन् । छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका तीन दलका शीर्ष नेताहरू देउवा, ओली र दाहाल सहभागी थिए । छलफल झन्डै साढे २ घण्टा चलेको थियो ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालसँगको छलफलमा यस्तो समझदारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले दाबी गरे ।
पोखरेलका अनुसार यसका लागि चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ । ‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषण भएको हो, यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको एक मात्र दायित्व हो,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले भने ।
भेटमा प्रधानमन्त्री कार्कीले विषम् परिस्थितिमा तोकिएकै समयमा निर्वाचन गराउन सबै दलले सहयोग गर्नुपर्ने बताएको प्रेस सल्लाहकार पोखरेलले बताए ।
राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए ।
जेन-जी आन्दोलनपछि पहिलो पटक प्रधानमन्त्री कार्कीले कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूसँग प्रत्यक्ष कुराकानी गरेकी हुन् ।
तीनै नेताले उठाए शान्ति सुरक्षामाथि प्रश्न
छलफलमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षामाथि प्रश्न उठाए ।
ओलीले आफू र पूर्वगृहमन्त्री रमेश लेखकलाई स्थानहद तोक्ने, राजनीतिक दललाई निषेध गर्ने, शान्ति सुरक्षाको वातावरण नबनाई चुनाव हुन नसक्ने बताएको उनको सचिवालयले जनाएको छ । दलहरू निर्भयपूर्वक चुनावमा जाने, उम्मेदवारले प्रचारप्रसार गर्ने, मतदाताले बिनाडर भोट हाल्ने वातावरण सरकारले ग्यारेन्टी गर्नुपर्ने ओलीको अडान थियो ।
कांग्रेस सभापति देउवाले पनि शान्ति सुरक्षाको विषयलाई प्रमुखताका साथ उठाएका थिए । नेकपा संयोजक दाहालले पनि सरकारले वातावरण बनाए दलहरू चुनावमा जान तयार रहेको बताएको उनको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री कार्कीले विषम् परिस्थितिमा तोकिएकै समयमा निर्वाचन गराउन सबै दलले सहयोग गर्नुपर्ने बताएको प्रेस सल्लाहकार पोखरेलले बताए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु