काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह पक्षबीच शुक्रबार सहमति भएन ।
शुक्रबार बिहानबाट रास्वपाबाट शिशिर खनाल, असिम शाह र बालेनका तर्फबाट कुमार बेन र भुपदेव शाहबीच छलफल भएको थियो । तर, शुक्रबार अबेरसम्म सहमति हुन सकेन ।
स्रोतका अनुसार अहिलेसम्म भएका छलफल सकारात्मक नै छ । दिउँसो दुवै पक्षका नेताहरुले पहिलो खाका तयार पारेका थिए । तर, त्यसलाई टुंगो लगाउन नसकिएको दुवै पक्षले जनाएको छ ।
अहिलेसम्मको सहमतिअनुसार रास्वपा सभापतिमा रवि लामिछाने नै रहने र आगामी चुनावपछि संसद्मा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने प्रस्ताव गरिएको छ । यसमा सभापति लामिछानेसमेत तयार भएका छन् । तर, अरु कतिपय विषयमा टुंगो लगाउन बाँकी रहेको बताइएको छ ।
रास्वपा सभापति लामिछानेले सोमबार बेलुकी ७ देखि राति १ बजेसम्म बालेनसँग सहकार्यबारे छलफल गरेका थिए । बालेनलाई प्रधानमन्त्री बनाएर जान सकिनेबारे रास्वपा नेताहरुले प्रस्ताव गरेपछि लामिछानेबाट स्पष्ट प्रस्ताव आएको थिएन । पछि चितवन पुगेर लामिछानेले छलफल त्यसचरणमा पुगिनसकेको भन्दै खण्डन गरेका थिए । त्यसपछि बालेनले आफ्नो नेतृत्वमा लौरो चुनाव चिह्न भएको देश विकास पार्टीलाई अघि बढाउने गरी छलफल थालेका थिए ।
मेयरमा उम्मेदवारी दिनुअघिबाटै साथ दिँदै आएका साथी कुमार बेनको ललितपुरको ज्वागलस्थित घरमा बालेनले बुधबार अपराह्नदेखि बिहीबार अबेरसम्मै राजनीतिक भेटघाट गरेका थिए । उनले बुधबार चिकित्सक भगवान कोइराला, कांग्रेस नेता चन्द्र भण्डारी, सुनिल शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीदेखि राप्रपा नेता ज्ञानेन्द्र शाहीसम्मलाई भेटेका थिए ।
बालेनले पूर्वसचिव भीम उपाध्याय, विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष मिलन पाण्डे, विवेकशीलबाट बागमती प्रदेशसभामा निर्वाचित पूर्वसांसद रमेश पौड्याल, रास्वपासँग एकीकरणमा नगएका विवेकशीलको युवा संगठनका पूर्वअध्यक्ष सरोज गौतम, अभियन्ता सागर ढकाल, व्यवसायी सचिन ढकाललगायतसँग बेग्लाबेग्लै भेट गरेका थिए ।
ती भेटघाटका क्रममा उनले नयाँ पार्टीमार्फत अघि बढ्न खोजेको भन्दै सुझाव मागेका थिए । त्यही क्रममा उनले समानुपातिकका लागि सूची बनाइरहेको समेत सुनाएका थिए । बालेनले राजनीतिक गृहकार्य थालेपछि बिहीबार रविले ज्वागलमा पुगेर उनीसँग पुनः भेट गरेका थिए । त्यसपछि दुवैतर्फका दोस्रो वरीयताका नेताहरु बालेन र रविलाई एक ठाउँमा ल्याउन छलफलका लागि जुटेका थिए ।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह