सोलुखुम्बु — श्रम संकृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नयाँ शक्तिको रुपमा उदाउन कोसिसमा रहेका रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङसँग कुनै हालतमा नमिल्ने बताएका छन् ।
सदरमुकाम सल्लेरीमा शुक्रबार श्रम संस्कृति पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै धरान उपमहानगर पालिकाका मेयरसमेत रहेका साम्पाङले तीनै नेता विदेशीको इशारामा चल्ने गरेको आरोपसमेत लगाए ।
आफू देशको माटोसँग सम्झौता नगर्ने भन्दै उनले आउने चुनावमा एक्लै होमिने उद्घोष पनि गरे । भाषणको अधिकांश समय नयाँहरुलाई गाली गर्न खर्चेका साम्पाङले अबको चुनावमा एक्लै होमिएर उल्लेख्य सिट ल्याउने जिकिर गरे ।
अहिले पुराना शक्तिहरु देश दोहन गर्न लागेको, नयाँहरु विदेशीको रणभूमि बनाउन लागेको र आफूमात्रै देशको सच्चा शक्ति भएको दाबी गर्दै उनले आत्मानिर्भरता बढाउने आफ्नो अभियान भएको बताए । विदेशी उत्पादनको परनिर्भरता बढेको भन्दै उनले श्रम संस्कृतिमार्फत स्वदेशलाई आत्मानिर्भर बनाउन आफ्नो पार्टीले भूमिका खेल्ने धारणा राखे ।
कार्यक्रममा जिल्लाको पुराना वामपन्थी नेता भिम किराँतले पनि श्रम संस्कृति पार्टीमा सामेल भएको बताए ।
सम्बन्धित खबर
विशेष महाधिवेशनबाट कांग्रेस सभापति बने गगन थापा, यस्तो छ निर्वाचित कार्यसमिति (सूचीसहित)
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
नेपाली कांग्रेस फुट्यो, गगन, विश्वप्रकाश र फर्मुल्लाह बाहेकलाई पार्टीमा फिर्ता हुन कांग्रेसको अपील
गगन थापा र विश्वप्रकाश शर्मा सहितलाई कांग्रेसबाट निष्काशनको घोषणा
पार्टीको सभापति र देशको प्रधानमन्त्री बन्नेगरी गगनलाई अघि सार्दैछौं : विश्वप्रकाश
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच ४ घण्टा छलफल