नेकपा एमालेका सचिव महेश बस्नेतले ‘नगरपालिका चलाउन नसक्ने पात्रले देश चलाउँछ भन्ने भ्रम पाल्न नहुने’ बताएका छन्।
रवि-बालेन गठबन्धनपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले काण्डै काण्डमा मुछिएका रविसँगको गठबन्धनले बालेनको स्वतन्त्र छवि पनि तीव्र गतिमा घट्ने बताएका छन्।
‘बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रविजस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने देखिन्छ,’ बस्नेतले लेखेका छन्, ‘काम गर्ने कालु, मकै खाने भालु भनेजस्तै रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्याङ चढ्ने बाहेक स्पष्ट दिशा र भिजनमा आधारित नहुँदा जनतासँगको दुरी झन् बढ्दै जाने र जनमत कमजोर हुँदै जाने निश्चितै छ।’
भदौ २४ गते राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरेर नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर अस्थिरताको षडयन्त्र रचिएको बस्नेतको भनाइ छ।
‘यो षडयन्त्रमा बालेन र रविको प्रत्यक्ष-अप्रत्यक्ष भूमिका देखिनु, माओवादी, राजावादी धारहरूको समर्थन देखिनु गम्भीर विषय हो,’ बस्नेतले लेखेका छन्।
उनी लेख्छन्, ‘नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैं आशाका रूपमा बेचिन्छ। गगन आए, जबर्जस्त बासी बनाइए। काण्डै काण्डका नाइके रवि आए, उनी पनि बासी भए। लोकप्रियताको आडमा बालेन आए—तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ। अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ।’
‘अबको चुनावको मुख्य प्रश्न सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने अराजकतालाई रोज्ने कि ती संरचना बनाउने र भत्काउनेमाथि कारबाही गर्ने राजनीति दललाई साथ दिने? जलाउने धारको नेतृत्व बालेन–रविहरूले गरेकै हुन, संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूले नै वहन गर्नुपर्ने यथार्थ देखिएको छ।’
उनले समस्या पुराना दलको अस्तित्व होइन, तिनको कतिपय विकृति हो भन्दै नयाँ दल खोल्नु समाधान होइन भनेका छन्।
‘पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नुपर्छ। रवि र बालेन केन्द्रित व्यक्तिवादी स्वार्थको अभियान दीर्घकालीन सुधारको स्पष्ट खाकाबिना पार लाग्दैन,’ उनले लेखेका छन्।
‘यस्तो गम्भीर घडीमा संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनैपर्छ। नत्र नयाँ बोतलमा पुरानै रक्सी पिइरहँदा हामी फेरि फेरि उही भ्रमको सिकार भइरहने छौं।’
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह